© २०२३
बुटवल,१३ माघ । सर्वोच्च अदालतको फैसलाविरुद्ध रवि लामिछानेका समर्थकहरुले अदालत अगाडि प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री, गृहमन्त्री र सांसद पद गुमाएका छन् । यही फैसलाको विरोधमा उनका समर्थकले प्रदर्शन गरेका हुन् ।
अदालतको फैसलाको विरुद्धमा नाराबाजीसहित प्रदर्शन गरेपछि प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।