ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

लैंगिक हिंसाविरुद्धमा भूमिका खोजौं

११ कार्तिक २०७५, आईतवार
११ कार्तिक २०७५, आईतवार

प्रतिभा पन्थी
‘मी टू मुभमेण्ट’ अहिले चर्चामा रहेको पदावली हो । खासगरी कार्यस्थलमा हुने यौनजन्य हिंसा विरुद्धमा पीडित वा प्रभावितले सो विरुद्धमा सशक्त रूपमा प्रतिकारको एउटा उदाहरण ‘मी टू मुभमेण्ट’ विश्लेषण गर्दा दुईवटा कुराहरू महŒवपूर्ण हुने देखिन्छ । विश्वको साझा समस्याको रूपमा रहेको यो हिंसाको कुनै राष्ट्रिय सीमा गतिलो आर्थिक व्यवस्था तथा प्रभावकारी राज्य संयन्त्रको समेत घेरा नाघ्ने रहेछ र जहाँ जसलाई पनि यो समस्या पर्न सक्ने रहेछ भन्ने दर्शाउँछ भने सवैभन्दा महŒवपूर्ण पाटो हिंसाको प्रतिकारमा ‘म’ पात्र सबैभन्दा सशक्त हुन्छ भन्ने सन्देश दिन्छ । यो मुभमेण्टको वारेमा पक्ष र विपक्षमा पनि तर्क हुन सक्लान् तर हिंसा हुन नदिन, हिंसा नसहन, हिंसा गर्नेलाई कानुनी दायरामा ल्याउन प्रत्येक ‘म’ पात्रको प्रयत्नविना गरिएका यावत प्रयास त्यति सार्थक रहँदैनन् ।
लैङ्गिक हिंसाको प्रकृति, परिमाण र परिणाममा फरकपना भएतापनि यो हिंसामुक्त समाज भेटिएको छैन । किनकी समाजमा अपराधिक मनोवृत्तिका केही व्यक्तिहरूको उपस्थिति स्वभाविक रहने गर्दछ । विकसितदेखि विकासशीलसम्म सम्पूर्ण देशहरू यसबाट प्रभावित भैरहेका सन्दर्भमा कानुनी, संस्थागत तथा सामूहिक प्रयासव्दारा सो निवारणका प्रयासहरू जहाँतही नथालिएका होइनन् । सारा विश्वको साझा चासोको रूपमा आएको दिगो विकास लक्ष्य तथा विभिन्न महासन्धि तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताहरूको सो सम्वद्र्धनमा सम्वोधन रहनुका मतलव यसको प्रभावमा विश्वव्यापकता मात्र नजनाएर सोको लागत कुनै समाज र देशले चुकाउन नसक्ने हुँदा यो निवारणमा प्रत्येक सक्रियतालाई आवश्यक ठान्दछ ।
सर्वप्रथम लैङ्गिक हिंसाको प्रत्यक्ष प्रभाव सम्पूर्ण ‘म’ हरूलाई पर्ने बोध गराउनु र हुनु अहिलेको आवश्यकता हो । वास्तवमै सत्य यही हो कि हिंसाको वहुतर्र्फी असर हुन्छ । एउटा जन्मिन नपाई बालिकाको भु्रणमा हुने हत्या, हुर्कंदै गरेकी बालिकादेखि वृद्ध आमामाथि हुने यौन दुराचारको पीडा सो व्यक्तिविशेषमा मात्र सीमित नभएर समग्र उनीहरूको परिवारमा त पर्छ नै सिङ्गो समाज नै हिंसाको भरमा वाँच्नुपर्ने अवस्था पक्कै आएको छ । कुनै वावु, दाजु र काका हजुरवुवा जस्ता आफन्त बलात्कारी हुँदा सम्पूर्ण बुबा, दाजु भाइ काकाहरूप्रति रहने वितृष्णा तथा स्वयम् उनीहरूले बोध गर्ने तितो अनुभूति आदिले गर्दा यसको प्रभावबाट अछुतो वास्तवमा को नै रहन्छ ? जसरी यसको असर सम्पूर्णमा परेको छ भने यसको प्रतिकार कुनै एउटा संस्थाले, निश्चित मापदण्ड र बजेट विनियोजन गरी अथवा कुनै विशेष परिस्थिति तथा समस्या पर्दामात्र गरेर सार्थक परिणाम निस्कन मुस्किल पर्ने उदाहरण हाम्रोसामु रहेका छन् । वास्तवमा लैङ्गिक हिंसाविरुद्धको शून्य सहिष्णुता हरेकले मनन गर्नुपर्ने हुन्छ ।
नेपालमा पछिल्लो समयमा लैङ्गिक हिंसाको घटनामा भैरहेको प्रकृति र त्यसपछि सो हिंसालाई सम्बोधन गरिने परिपाटि हेर्दा राज्यले जनतालाई प्रदान गर्नुपर्ने आधारभूत सुरक्षा प्रणालीलेमात्र सो विषयलाई सम्वोधन गर्न नसक्ने अवस्था एकातिर दर्शाएको छ भने अर्कोतर्फ विषेश परिस्थिति र कुनै प्रकृति विशेषका घटनामा हुने अत्याधिक जनदबाबलाई राज्यको कानुन कार्यान्वयन संयन्त्रले थेग्ने क्षमता नै कम रहेको समेत महशुस हुन्छ जसले गर्दा घटनाको अनुसन्धान नै प्रभावित हुन सक्ने आशंका पनि देख्न सकिन्छ । यस सन्दर्भमा विशेष गरी पीडित पक्ष तथा कानुन कार्यान्वयन गर्ने निकायले आत्ममूल्याङ्गन गर्नुपर्ने अवस्था आएको छ । यसमा वास्तवमा प्रत्येक पक्षले आफ्नो भूमिका निर्वाह गरेर हिंसाले समग्रतामा पार्ने प्रभावलाई नियाल्ने र सोअनुुुसार कदम उठाउँदा सबैको हितमा नतिजाहरू आउँछन् ।
कुनै पनि विषयको गहनता त्यो विषयसँग आफ्नो सरोकार जोडिँदा वढ्न जान्छ । हिंसा निवारणमा पनि सो कुरा लागू हुन्छ । हिंसाले समग्रलाई प्रभाव पार्दछ र यसको प्रभाव समग्रतामा पर्दछ भन्ने वोध सवैमा हुनु जरुरी रहन्छ । हामी पूर्वीय दर्शनबाट प्रभावित समाजमा छौँ जहाँ यो हिंसा न्यूनीकरणमा हाम्रै असल मूल्य मान्यताहरू काम लाग्ने हुन सक्छन् । एउटा हुर्कंदै गरेको वच्चालाई नै सो विरुद्धमा लाग्ने अभिप्रेरणा दिन सकिन्छ । सानो हुँदा देखिने प्रत्येक ‘म’ हरूलाई प्रत्येक लिङ्गको समान अस्तित्व बारेमा र प्रत्येक बीच रहेको अन्तरनिर्भरताको वारेमा व्यवहारिक रूपमा ज्ञान दिन सकिन्छ । समग्र लिङ्गको साथसाथै विकास भएमा सवैलाई समान लाभ रहने कुराको विश्वास हुनु जरुरी छ । हिंसा विरुद्ध उठ्ने आवाज भनेको सीमित व्यक्तिको सीमित स्वार्थको लागि नभएर हरेकको यसमा अपनत्व हुन जरुरी छ । एउटा साधारण व्यक्तिदेखि नीति निर्मातासम्म, उच्च वौद्धिक वर्गदेखि औपचारिक शिक्षा हासिल नगरेका व्यक्तिहरूसम्म, उच्च आर्थिक अवस्था भएका व्यक्तिहरूदेखि गरिबीको रेखामुनि रहेका व्यक्तिहरूसम्म हरेक लिङ्ग, वर्ग, जातजाति सवैले यस विषयमा अपन्त्व लिई आवश्यक व्यवहार प्रदर्शन गर्न सक्नु पर्दछ ।
हिंसाविरुद्धमा हामीले कार्यक्रम सञ्चालन गर्नु पर्दछ । कानुनहरू निर्माण र परिमार्जन गर्नुपर्दछ, सो विरुद्धको संस्थागत संरचना निर्माण गर्नुपर्दछ, हामीले पीडकलाई उत्तरदायी वनाउनुपर्दछ, पीडितलाई उचित न्याय प्रदान गर्नुपर्दछ । तर यी सम्पूर्ण हामीमा आफूलाई अन्तरघूलित कम गरायौँ कि ? मेरो भूमिका कम भो कि ? हामी वन्न म र मजस्ता अरूको योगदान हुन्छ । यसर्थ मेरो भूमिका यी सम्पूर्णमा महत्वपूर्ण हुन्छ भन्ने कुराको वोध हुनु जरुरी देखिन्छ । वास्तवमा यो किन पनि भन्दा कहिलेकाहीँ एक्लै उठान गर्नुपर्ने विषय पनि सामूहिक रूपमा गर्दा वास्तविक न्याय पाउन नसकिने अवस्था पनि सिर्जना हुन सक्ने देखिन सक्छ । किनकी सामूहिक आवाज नउठ्दासम्म न्याय प्रदान गर्ने संयन्त्रहरू कतै निस्कृय हुने त होइनन् भन्ने शंका पनि आम मानिसमा रहन पुग्दछ । यस्ता संवेदनशील विषयलाई सम्वोधन गर्न राज्यलाई ठूलो समूदाय तथा समूहको दवावले पक्कै केही सुधार गर्न तथा विषयप्रति प्रतिवद्धतामा वृद्धि गर्दछ । तर दीर्घकालिन समाधान भनेको यस्ता घातक विकृतिहरूको विरुद्धमा आवज उठाउन प्रत्येक व्यक्ति नै काफी हुनुपदर्छ ।
हामी अझै पूनर्संरचनाको संक्रमणकालमा छौँ । सुधारको आवश्यकता देखिएको छ । राज्यको संयन्त्रमा सोको प्रयास पनि पक्कै भैरहेको छ । तर, यसमा पनि प्रत्येक व्यक्तिको भूमिका खोज्ने वेला भएको छ । अमूर्त क्रियाकलापमा अर्मूत व्यतिmलाई जिम्मेवार र उत्तरदायी वनाउने जुन हाम्रो परिपाटी छ त्यसको अन्त्य हुनुपर्दछ । संगठन विशेषकोमात्र होइन व्यक्ति विषेशको भूमिका हाम्रो परिवेषमा शसक्त हुनुपर्दछ । सिष्टम र स्टक्चरको मजवुतीकरण नहँुदासम्म विकासका क्रियाकलापदेखि लिएर हिंसा निवारणका कार्यमा व्यक्ति नै महत्वपूर्ण हुन्छ । हिंसा मुक्त समाज पक्कै मेरो अपेक्षा हो तर यसको निवारणमा मेरो व्यक्तिगत भूमिका मैले निर्वाह गर्नु पर्दछ भन्ने विचारको उत्पत्ति गर्नु आवश्यक छ ।
लैङ्गिक हिंसाविरुद्धका पछिल्ला टे«ण्डलाई पछ्याउँदा कहिलेकाहिँ हामीमा पीडक र पीडितबीच नै अन्यौल भएको अवस्था पनि छ । कुनै लिङ्ग विशेष भएकै कारणले जन्मजात नै पीडक भएर जन्मिने जसरी दृष्टिकोण निर्माण गर्ने तथा निर्दाेष व्यक्तिलाई एकपटक आरोपित बनाउँदा उसको जिवनमा पर्न जाने प्रभावको समेत हेक्का राखेर वडो संवेदनशील ढङ्गले कार्य गनुपर्ने हुन्छ । लैङ्गिक हिंसा मुक्त समाज वनाउने भनेको सवैको लागि हो यसको प्रभाव सवैमा रहन्छ । तसर्थ म हिंसा सहँदिन, म हिंसा गर्दिनँ र म हिंसा गर्नेलाई कानुनी दायरामा ल्याउँछु भन्ने कुरामा सवैको प्रतिवद्धतापूर्ण सहकार्यले नतिजामा पुग्न सकिन्छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?