ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

 टिका ग्रहण र ओलक

११ कार्तिक २०७५, आईतवार
११ कार्तिक २०७५, आईतवार

गोबिन्द राज पोखरेल

२०७५ सालको बिजया दशमीको राजकीय टिका ग्रहणको लागि सरकारले फरमान जारी ग¥यो । बिशिष्ट पदाधिकारीसहित सर्बसाधारणलाई दिन, घण्टा र समय बिभाजित गर्दै समय मिलाइयो । आफुलाई देवत्व र अरूलाई रैति बनाउँदै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दासत्व स्वीकार्ने पद्दतिको फेरि अर्को जग बसाए । राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्ष हुँदै प्रमुख जिल्ला अधिकारीसम्म पनि क्रमबद्धता बनाउँदै लगे । घुँडा टेकाए, टिका लगाए । बिगतमा गाउँमा मुखिया जिम्मावालकोमा सर्बसाधारणहरू ओलक (एकप्रकारको कोसेली) लिएर जाने चलनलाई स्थापित गर्न खोज्दैछन् । त्यसको नयाँ पद्दति बसाउँदैछन् । बिगतमा मुखिया जिम्मावालहरूकोमा ओलक पनि लगेनन् र टिका ग्रहणमा पनि सामेल भएनन् भने उनको जग्गा अनेक तरहकासाथ बेदखली गरिन्थ्यो । घर सम्पत्ति उनको हुँदैनथ्यो । ओलकमा कामीले हँसिया खुर्पा लैजान्थे । दमैले टोपी, सार्कीले जुत्ता, घरमा केरा हुनेले केरा वा अन्य जे फलफूल छ त्यही लैजान्थे । दही हुनेले दही लैजान्थे । लाहुरेहरूले रेशमी बर्काे बोकेर जान्थे । कोही काम पट्याउनेहरूले खसीबोका पनि लैजान्थे । यसरी ओलकले घरको कोठा चोठा नै भरीभराउ हुन्थे । ओलक ग्रहण नगरेमा घरमा के ग्रहण लाग्यो भनेर अनुमान गर्नुपर्ने हुन्थ्यो । टिका लगाए नलगाएको कुनै अर्थ हुँदैनथ्यो । रैतीहरू जग्गा जाने डरले तालुकदारकोमा अनिवार्य उपस्थित हुन्थे । हातमा, पातमा, निधारमा टिका ग्रहण गर्दथे जसलाई उनीहरू परम्परा भन्ने गर्दथे । बर्तमान अबस्थामा नयाँ परम्परा पनि बसलियो श्री तीनमा रहेको परम्परा फेरि प्रधानमन्त्रीमा पनि स¥यो । टिका ग्रहण नगरे पद जाने हो वा प्रमोशन रोकिने हो कि वा अन्य कुनै अनिष्ट हुने डरले पनि फरमान पुरा गर्न कसैले घुँडा टेके, कोही कुप्रो परे । टिका ग्रहणको लागि लामबद्ध बने ।
टिका मान्यजन कहाँ गएर जसले पनि लगाउन सक्छ । तर, म कहाँ टिका लगाउन आउनु है भनेर कसैले पनि फरमान जारी गर्दैन । गाउँका बुढा बुढीकोमा सम्मान श्रद्धाले जाने अर्कै प्रसंंग हुन्छ तर सरकारी सम्पत्तिको दुरूपयोग गरेर टिका ग्रहण र टिका दानको लागि बोलाउनु जिम्मावाल, मुखिया वा तालुकदारमा जानैपर्ने श्रृजनाजस्तो गरिनु सत्ता र पदीय राजनीतिको दम्भ बाहेक अरू हुन सक्दैन । टिका ग्रहण भन्नासाथै मान्यजनबाट ग्रहण गर्ने र आशिर्वाद लिने हो । आफ्नो रीत परम्पराअनुसार परिवारका सदस्यहरूको मिलन हो । स्नेहता र अबिभावकत्वलाई आत्माले स्वीकार्ने हो । टिका ग्रहण बरालिएकोलाई सपार्न जाने होइन, न त निर्धालाई देखाउने तुजुक हो । तहगत रूपमा लगाउने परिपाटी हो । तर २०७५ सालको सरकारी दशैंमा सामन्तहरूको रजाइँ जस्तो भयो । पद र शक्तिको दुरूपयोग गरियो । टिका कसले कसलाई लगाइदिने भन्ने सम्बन्धमा गाउँघरमा सामान्यभन्दा सामान्य नागरिकलाई पनि थाहा छ । बाबु आमाले छोराछोरी, नाति नातिना, ज्वाइँ, भान्जा भान्जी, भतिजा भतिजी वा नजिकको नातेदार भित्रकाहरूले मर्यादाअनुसार टिका ग्रहण गर्दछन् । टिका लगाउने भनेर दश गाउँ पनि डुल्दैनन् । बर्षे बाली भित्राएपछिको वा भित्राउँदै गर्दा मीठो मसिनो खाने र आफन्तहरू भेट भएर खुशी मनाउने पनि हो । युद्ध जितेपछिको खुशियाली हो । कतिपय स्थानका ब्राह्मण क्षेत्रीहरूमा एउटै महिनामा दशैं तिहार पर्यो भने दशैंको टिका दिदी भाइ र दाजु बहिनीकोबीचमा ग्रहण गर्दैनन् । दशैंको टिका लगाए तिहारको टिका बर्जित गरिन्छ । आप्mनो कुल के हो ? परम्परा के हो ? वास्तै नगरी टिकाको लागि फरमान जारी गर्नु श्री ३ ले रैतीलाई डाकेसरह हो । जिम्मावाल, मुखिया वा तालुकदारले कोसेली असुल्ने परिपाटी पनि हो ।
बर्तमान राष्ट्रपति दोस्रो पटक पदासिन भएकी हुन् । प्रधानमन्त्री पनि दोस्रो पटक पदासिन हुन् । राजनीतिक रूपमा उनी नेकपा एमालेको उपाध्यक्ष पनि हुन् प्रधानमन्त्री अध्यक्ष हुन् । सामन्तबादको बारेमा प्रशिक्षित महिला नेत्री पनि हुन् । बर्गशत्रु सफाया अभियानको सजाय स्वरूप १४ बर्ष जेल जीवन बिताएका हुन् । सामन्तबादको पीडाले कम्युनिष्ट राजनीति सम्हालेकाले कति ठाउँमा प्रशिक्षण पनि दिएका होलान् । मानवीय दुव्र्यबहार नहोस् भन्ने बारेमा हिँजो त सचेत थिए तर आज त्यो कुर्चीमा बस्दाबित्तिकै बिर्सिदिए । दम्भ देखाए । उनीहरूमा शक्तिको श्रोत प्राप्त भएको छ । भगवती, काली, देवी, देवता सबै प्राप्त भएजस्तो भएको छ । हुन त यिनले सुनको चम्चाले भात ज्युनार गरेकी होइनन् तर फेरि ज्युनार गर्ने कोशिस गर्दैछन् । सायद यसै भएर होला अरूलाई घुँडा टेकाएर टिका लगाइदिनु उनका लागि सामान्य नै भयो ।
बिगतमा उनीहरू राष्ट्रपति वा प्रधानमन्त्री हुँदा सत्ता मिलिजुलीको थियो । तर अहिले त्यस्तो छैन । उनीहरूले बिगतको शासन परंपरालाई राजकीय रूप दिंदै आएकोले हिन्दु धर्मलाई जगेर्ना गरेको अबश्य होइन । राष्ट्रपति वा प्रधानमन्त्रीले सेनाले बनाइदिएको परम्परा भएको, राष्ट्रपति सेनाको परमाधिपति भएकोले उनैको परम्परा बसालिदिएको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वीकार गरेको देखिन्छ । सेनाको चेनअफ कमाण्डमा आप्mनोमात्र बचन नचलेकोले यस्तो कार्य गर्नु परेको हो र ! वा कसैको पनि मन जित्न नसक्ने टिका ग्रहण कुन दर्शन चिन्तनको प्रयोग हो आम नागरिकले बुझन सकेका छैनन् । अहिलेका एकलौटी सत्ताको मतबाट निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री हुन् त्यसैले जनमतको लागि अन्यत्र सापट खोज्न जानु पर्दैन । तर यिनीहरू आफूले बिगार्ने पुच्छरलाई दोष दिने अबस्था श्रृजना गर्दैछन् । राष्ट्रपति कार्यालयमा सेनाको सानो टुकुडीलाई दोष पन्छाउँदै छन् । बडाको अगाडि निहुरीनु पर्ने, समान आसनमा ग्रहण गर्न नपाइने सेनाको परंपरालाई विँडो थाम्न देशका अति बिशिष्ट व्यक्तिलाई टिका ग्रहण गर्न घुँडा टेकाउनु पर्ने कस्तो संस्कृतिले स्थान लिंदै छ ? लाग्छ सत्ता शालिन र सभ्यहरूको होइन, जोक्करहरूको जमातबाट निर्देशित हुँदैछ भन्ने अभ्यास गरिँदै छ ।
जसरी राष्ट्रपति अगाडि आफुले गल्ती नगरे पनि सजाय भोग्न बाध्य भए त्यसको उपचार कसरी पाउलान् । गोपाल पराजुली हुन् कि सर्बेन्द्र खनाल, पूर्ण थापा हुन् कि बामदेव गौतम टिका नथाप्दा सर्बश्व जाने हो कि भने झँै घँुडा टेक्न वा समाउन बाध्य भए । व्यक्तिगत रूपमा उनीहरूलाई सामान्य रूपमा लिन सकिन्छ तर ती व्यक्तिहरू संस्थागत व्यक्तित्व हुन् । कहिले कुर्ची राख्ने कहिले झिक्ने यो प्रबृत्ति मन नपरेको मोहीको जग्गा बेदखली गर्ने बिगतका भु सामन्तहरूले गर्ने तुजुक भन्दा अरू रहेन ।
सत्ता फेरियो शासन फेरिएन, पार्टी फेरियो सोंच फेरिएन, समय फेरियो अबस्था फेरिएन, तन्त्र फेरियो मन्त्र फेरिएन । कस्तो बिडम्बना ? बलियाले खेद्ने निर्धाले थापिने प्रबृत्तिको अन्त्य संघीय लोकतन्त्रमा पनि देखिएन । माक्र्स, एंगेल्सको कम्युनिष्ट घोषणा पत्र पढेकै हुन्, माओको साँस्कृतिक क्रान्तिलाई आत्मसात गर्नेहरूले नै सत्ताको बागडोर सम्हालेको अबस्था हो । तर, त्यो सत्ता ओलक बुभ्mने संस्थाको रूपमा परिणत हुँदैछ । मुखिया जिम्मालको शासन व्यबस्थामा परिणत हुँदैछ । जेल नेल युद्धबाट खारिएका राजनैतिक पात्रहरूको सत्ता रोहण फरक देख्ने कौतुहलता थियो । संस्कार र संस्कृतिको परिभाषा पुनरभाषित हुन्छ भन्ने लागेको हो तर उनीहरूको विचार संस्कार फाटेको जालोले छेकेर छेकिएन । जालोबाट छर्लङ्गै देखिन थालेको छ । धर्म अफिम थियो, संस्कार चाकडी थियो ? कि ओलक बुभ्mने नयाँ शैली हो ? सरकार उत्तर पाउँ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?