© २०२३
बुटवल,११ माघ । रुपन्देहीको तिलोत्तमा–८स्थित कुंवरवर्ती बोर्डिङमा भोलिदेखि उपमेयर कप खुल्ला महिला भलिबल प्रतियोगिता शुरु हुंदैछ । तिलोत्तमा नगरपालिकाको आयोजना र कुंवरवर्ती बोर्डिङ हाई स्कुलको संयोजनमा प्रतियोगिता हुन लागेको हो ।
माघ १४ गतेसम्म चल्ने प्रतियोगितामा विद्यालय,क्लब र संघसंस्थाबाट समेत गरी ९ वटा महिला टिमको सहभागिता रहने विद्यालयका प्राचार्य दीपक खनालले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले ६१ हजार,दोस्रोले ४१ हजार,तेस्रोले २१ हजार र सान्त्वना हुनेले ११ हजार नगद सहित शील्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
महिला भलिबल प्रतियोगिता अवलोकन गरी खेलाडीलाई प्रोत्साहनका लागि खेलप्रेमी नगरवासीहरुलाई उपस्थित हुन नगरपालिकाले आग्रह गरेको छ । प्रतियोगिताको उद्घाटन बिहीबार बिहान ११ बजे हुने आयोजकले जनाएका छन् ।