© २०२३
बुटवल, ११ माघ । हिजो संसद भवन काठमाडौं अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई सहयोग जुट्न थालेको छ । आचार्यले व्यवसाय गर्दागर्दै उधारो फसेर तथा ठूला डिपार्टमेन्टल स्टोरहरुले ठगेका कारण आफू ऋणमा डुबेको भन्दै श्रीमती र दुई छोरीका लागि सहयोग गरिदिन अपील गर्दै आत्मदाह गरेका थिए । आचार्यको सहयोगको याचनालाई मनन् गर्दै डा. ओममुर्ति अनिलले ५१ हजार रुपैयां सहयोग गरेका छन् ।
‘प्रेमजी को घटनाले स्तब्ध छु । मैले क़ेही आर्थिक सहयोग गरेको छु । समस्त मित्रहरुले पनि वहाँको छोरीहरुको लागि सक्दो सहयोग गर्दिनुहोला’ –फेसबुकमा यस्तो स्टाटस लेख्दै उनले मोबाइल बैंकिङमार्फत रकम पठाएको प्रमाण सावजनिक गरेका छन् ।
डा. ओममुर्ति सामाजिक सञ्जालमार्फत जनहितका सन्देशहरु पनि र स्वास्थ्य परापर्श दिने परोपकारी भावनाका धनी चिकित्सक हुन् ।
कतिपयले भने आचार्यको परिवारलाई सहयोग गर्नु संगै उनको सामान लगेर रकम नतिर्ने डिपार्टमेन्टल स्टोर लगायसका पसल,व्यक्ति पत्ता लगाई रकम तिराउन र गठी गरेकामाथि कारवाही गर्नेतिर पनि ध्यान दिनुपर्ने तर्क गरेका छन् । आत्मदाह गरेका आचार्यले सरकारलाई २५ सुझाव समेत दिएका थिए ।