© २०२३
बुटवल,११ माघ । संसद् भवनअगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।
इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालले पुष्टी गरेको छ । आचार्यको शरीर ८० प्रतिशत जलेको अवस्थामा अस्पताल पु¥याएर उपचार भएको थियो ।
आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्। त्यति बेला आचार्य बोल्न सक्ने थिए । आचार्यले आफ्नो समस्या र कुरा कसैले सुन्दैन भन्दै दुःखेसो पोखेका थिए । उनले कृषि र दुधजन्य उद्योग गरेका र विभिन्न व्यवसायीले उधारो रकम नदिएको भन्दै लामो स्टाटस लेखेका थिए । उनले भाटभटेनी सुपर मार्केट लगायतका पसलहरुले आफूलाई ठगेको गुनासो गरेका थिए ।