ट्रेंडिंग:

>> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आजबाट सुनुवाइ,मन्त्री र सांसद पद गुम्न पनि सक्ने

११ माघ २०७९, बुधबार
११ माघ २०७९, बुधबार

बुटवल,११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आजबाट सुनुवाइ हुने भएको छ ।

संवैधानिक इजलासले पेशी सार्न नमिल्ने र अग्राधिकारसमेत दिएकाले लामिछानेविरुद्धको मुद्दाको पूर्ण सुनुवाइ हुने भएको हो । संवैधानिक इजलासले मुद्दाको सुनुवाइ गर्ने छ ।

यसअघि अमेरिकाको नागरिकता भएकै समयमा नेपाली नागरिकता प्रयोग गरेर पासपोर्ट बनाएको भन्दै लामिछानेलाई सांसदका रूपमा शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश अस्वीकार गरिए पनि उक्त प्रयोजनका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । संवैधानिक इजलासले बहस सुनेपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

पुस २२ गते भएको उक्त सुनुवाइपछि कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसहित ५ जना वरिष्ठतम न्यायाधीशको इजलासले दुवै पक्षबाट पेशी सार्न नमिल्ने र अग्राधिकारसहित माघ ११ गतेका लागि पूर्ण सुनुवाइको पेशी तोकिएको थियो ।

लामिछानेको नागरिकता सम्बन्धी विवादमा अहिले काठमाडौं प्रहरी परिसरले पनि अनुसन्धान गरिरहेको छ ।

नागरिकता विवादबारे निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म बुझाएको जवाफमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई निर्वाचन आयोगले सफाइ दिएको र २०७५ मै गृह मन्त्रालयले नेपाली नागरिक भएको स्वीकार गरिसकेको दाबी झुटो देखिएको थियो ।

रविले नेपालमा अमेरिकी नागरिकको हैसियतमा २०१४ देखि २०१८ सम्म बस्दा विभिन्न सञ्चारमाध्यममा श्रम स्वीकृति नै नलिइ काम गरेको पुष्टि हुन्छ।
अध्यागमनले गृहमा २०७५ असार ६ मा पठाएको पत्रअनुसार लामिछाने २०१४ जुन ५ मा नेपाल आएर नेपाली भिसा प्रयोग गरी पटक(पटक विदेश आवतजावत गरेको र नेपाली भिसामा नेपालमा बसेको उल्लेख छ।

यसले उनी सन् २०१४ मै नेपाल आएको देखिन्छ। उनले सन् २०१६ अक्टोबर ४ मा गैर पर्यटकीय भिसा९नाता० मा एक वर्षको भिसा लिएको देखिन्छ। सो पत्रमा लामिछानेले अध्यागमन प्रमुखलाई सम्बोधन गरेर २०७५ असार ६ गते अमेरिकी राहदानी र राष्ट्रियता त्यागेको पत्र बुझाएको उल्लेख छ।

उनले सन् २०१७ अक्टोबर ४ मा पुनस् एक वर्ष नाताको आधारमा नेपालमा बस्न भिसा आवेदन गरेपछि २०१८ अक्टोबर ४ सम्म उनको भिसाको म्याद थपिएको देखिन्छ।

श्रम स्वीकृतिको सवालमा समेत उनले झुटो बोल्दै आएका छन्। उनले सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएको दाबी गरेका छन्। श्रम स्वीकृति दिने सम्बन्धित निकाय भनेको श्रम विभाग नै हो।

श्रम विभागले स्वीकृति दिएमा अध्यागमन विभागबाट उनले नातेदार भिसा बदलेर वर्किङ भिसा पाएपछि मात्रै नेपालमा पारिश्रमिक लिएर वा नलिइ काम गर्न पाउने कानूनी प्रावधान छ।

तर, २०७५ असार ५ मा श्रम विभागले गृहमा पठाएको पत्रमा ुअमेरिकी नागरिक रवि लामिछानेले श्रम स्वीकृति लिएको नदेखिएकोु उल्लेख गरेकाले सो अवधिसम्म उनले अध्यागमन ऐन विपरीत श्रम स्वीकृति नै नलिइ काम गरेको पुष्टि हुन्छ।

यो विवाद निरुपणका क्रममा सर्वोच्च अदालतले कि विदेशी नागरिकता परित्याग गर्नासाथ नेपालीहरुको नागरिकता स्वतः कायम हुने व्याख्या गर्नेछ, नभए नयाँ प्रक्रियाबाट नागरिकता लिनुपर्ने आदेश दिनासाथ लामिछानेको मन्त्री र सांसद दुवै पद जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?