© २०२३
बुटवल,१० माघ । नेपालको सुदूरपश्चिम प्रदेशमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका राजेश शर्माका अनुसार भूकम्पको धक्का नेपालका रुपन्देही, पोखराका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ । भूकम्पले बाजुराको बडिमालिका नगरपालिका ७ मा एउटा घर भत्केको छ । मानवीय क्षति भए नभएको विवरण आउन बांकी छ ।