© २०२३
बुटवल, १० माघ । पाल्पा–गुल्मी सडकखण्ड एक महिनासम्म दैनिक १२ घण्टा बन्द हुने भएको छ।
तानसेनस्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले सोमबारदेखि फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको हो।
बिहान ५ देखि ९ बजेसम्म , दिउँसो १२ देखि ४ र बेलुकी ६ देखि राति १० बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताए।
सडकखण्ड बन्द हुँदा सवारी साधन वैकल्पिक सडकको रूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाबाट आवतजावत गर्न सक्छन्।
foto : file