© २०२३
बुटवल,९ माघ । जिल्ला प्रशासन कार्यालयले भैरहवाको देवकोटाचोकमा रहेको जेल रेष्टुरेण्ट बन्द गराएको छ । सोमबार अनुगमनको क्रममा रेष्टुरेण्टका कोठाहरु जेलका हिरासत जस्ता रहेका, हत्कडी, बन्दुक र एयरगन जस्ता देखिने वस्तु र आत्महत्या गर्न प्रोत्साहन गर्ने फासी लगाउन प्रयोग गरिने पासो राखिएकाले प्रशासनले ती सामान जफत गरि रेष्टुरेण्ट बन्द गराएको छ ।
रेष्टुरेण्टमामा आउने ग्राहकलाई गलत बाटोमा हिंड्न प्रेरित गर्ने खालको क्रियाकलाप गरेको पाईएकोले रेष्टुरेण्ट बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । रेष्टुरेन्ट सञ्चालकलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आदेश दिएको र यसबारे आवश्यक अनुसन्धान गरि प्रचलित कानून अनुसार कार्यवाही गर्ने जानकारी दिए ।