© २०२३
बुटवल,४ माघ । लुम्बिनी प्रदेशका नव निर्वाचित सभामुख र उपसभामुखले सपथ लिएका छन् । सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खांण निर्विरोध निर्वाचित भएका थिए । दुबैजना सत्ता गठबन्धनका हुन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो सभामुख र उपसभामुखलाई सपथ ग्रहण गराएका हुन् ।
सभामुखमा घर्तीको एकल उम्मेदवारी परेको थियो भने उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुले उम्मेदवारी दर्ता गरेका थिए । तर उनीहरुले प्रदेश सभा वैठकमा आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि खांण मतदान प्रकृयामा नगई निर्वाचित भएकी हुन् । सपथ ग्रहण समारोहमा मुख्यमन्त्री लिला गिरी,मन्त्रीहरु चेतनारायण आचार्य र कृष्णा केसी लगायत सत्तारुढ दलका नेताहरुको सहभागिता रहेको थियो ।
तस्वीर : स्वस्तिक श्रेष्ठ