© २०२३
बुटवल,४ माघ । रास्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदेश सभा सदस्यका उम्मेद्वार बनेका पार्टीका जिल्ला सह सचिब उमाकान्त भण्डारीलाई पार्टीबाट कारबाही गर्दै निष्काशन गरेको छ । राप्रपाको घोराही नगर, दाङ क्षेत्र नम्बर २ र प्रदेश कमिटिले चुनाबको बेला मौन बसेर पार्टी हित बिपरित काम गरेकाले भण्डारीलाई कारबाही गरेर पार्टीबाट निष्काशन गरेको हो। राप्रपा क्षेत्र नम्बर २ का अध्यक्ष नरबहादुर बुढाथोकी, पार्टीका घोराही अध्यक्ष गोबिन्द गिरी, प्रदेश अध्यक्ष इश्वरी घिमिरेले नगर, क्षेत्र हुँदै प्रदेशमा चुनाबको बेला पार्टी र कार्यकर्ताको सम्पर्कमा नरहेकाले उनिमाथि कारबाहीको सिफारिस पार्टीको जिल्ला कमिटिमा गरेका हुन । एमाले मतदातासंग भोट मागेको र अन्य पार्टीकासंग भोट नमागेको भन्दै चुनाबमा मौन बसेर कांग्रेसलाई सहयोग गरेको उनिमाथी राप्रपाले आरोप लगाएको छ । राप्रपाका क्षेत्रिय अध्यक्ष बुढाथोकिले चुनाबमा मौन बसेकाले र पार्टी कार्यकर्तासंग कुनै सम्पर्क नगरेकाले समिक्षा बैठकबाट निर्णय गरेर ५ बर्षका लागि पार्टीबाट निष्काशन गरिएको बताए । राप्रपा जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतले क्षेत्र, नगर र प्रदेशले कारबाहीको सिफारिस गरेको सुनेको र सिफारिस आए जिल्लाले स्पष्टिकरण सोध्ने बताए । कारबाही सिफारिसमा परेका भण्डारीले आफुलाई तथ्यहिन आरोप लगाईएको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताए । आफुलाई जिल्लाले कारबाहि गर्न नसक्ने उनको भनाई छ ।