© २०२३
बुटवल,४ माघ । संघीय संसदको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवन पुगेर सत्ता गठबन्धनबाट घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।
घिमिरेको प्रस्तावकमा सुवास नेम्वाङ तथा समर्थकहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् ।
घिमिरे झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। सभामुखमा एमालेबाट पृथ्वीसुब्बा गुरुङ र छविलाल विश्वकर्माको पनि चर्चा भएको थियो । तर अध्यक्ष ओलीले झापाका घिमिरेलाई रोजेको एमाले स्रोतले बताएको छ ।
सभामुखको निर्वाचन भोलि हुँदैछ।