© २०२३
बुटवल,४ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई अस्पताल पुगेर भेटेका छन् । जण्डिसको समस्या बल्झिएपछि पुन पुस ३० गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।
अर्थमन्त्री पौडेल बुधबार बिहान अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी र स्वास्थ्य लाभको कामना गर्नुभएका पौडेलको सचिवालयले जनाएको छ । पुन पुर्व अर्थमन्त्री समेत हुन् । पुनको स्वास्थ्यमा सुधार आएको र खतरामुक्त रहेको अर्थमन्त्री पौडेलका स्वकीय सचिव यम पाण्डेले न्युज बुटवलटुडेलाई बताए । पुनको उपचारमा कुनै सहयोग आवश्यक परेमा आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने पौडेलले प्रतिवद्धता जनाएका थिए ।
मंसिर ४ को चुनावलगत्तै चीनबाट उपचार गरेर नेपाल फर्किएका पुन वंशाणुगत जण्डिसबाट पीडित छन्। चुनाव जितेपछि मतदातालाई धन्यवाद दिन रोल्पाका गाउं गाउंमा पुगेर पैदल हिंड्दा धपेडी बढी भएपछि पुनलाई जण्डिस बल्झिएको हो ।