© २०२३
बुटवल,३ माघ । लुम्बिनी प्रदेशको उपसभामुखमा राप्रपाकी मेनुका खांण निर्विरोध निर्वाचित भएकी छन् । दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकले सभामुख र उपसभामुख चयन गरेको हो । सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्तीको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध भइसकेका थिए । तर उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीले उम्मेदवारी दर्ता गरेका थिए । तर उनीहरुले प्रदेश सभा वैठकमा आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि राप्रपाकी खांण निर्वाचित भएकी हुन् ।