© २०२३
बुटवल,२ माघ । पश्चिम नवलपरासीको भूमही नजिकै भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । भुमही–परासी सडक खण्ड अन्तर्गत सुनवल नगरपालिका १२ भुमही नजिकै बस कार ठोक्किंदा कार चालकको मृत्यु भएको हो । दुर्घटनामा परी अर्घाखाँची स्थायी ठेगाना भई हाल कपिलवस्तु वाणगंगा नगरपालिका– ८ मधुवनमा बस्दै आएका ३५ वर्षिय ईन्द्रमणी पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए । दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख १२२६ नं को बस र विपरित दिशाबाट जांदै गरेको बागमती प्रदेश ०१–०२५ च ३८९७ नंको कार एक आपसमा ठक्कर खांदा गम्भीर घाइते पौडेललाई जिल्ला अस्पताल परासी पु¥याइएकोमा अस्पतालले मृत घोषणा गरेको डीएसपी पाण्डेयले बताए ।
कारमा सवार पुर्ण बहादुर राना, मनोज कुमार परियार, गंगा गोदामी, डल बहादुर बराल र खेम बहादुर रेश्मी मगरको शरीरको बिभिन्न भागमा चोट लागेको र उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाई छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको र बसमा सवार मानिसहरुलाई केही नभएको प्रहरीले बताएको छ ।