ट्रेंडिंग:

>> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित

रोहिणी गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न

१ माघ २०७९, आईतवार
१ माघ २०७९, आईतवार

भैरहवा, १ माघ । रोहिणी गाउँपालिका, रुपन्देहीको १२ औं गाउँसभा शनिबार सम्पन्न भएको छ । गाउँसभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताए । उनले जनसरोकारका विषयमा मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताए ।
नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका नेता विश्वकर्माले धरासायी बनेको मुलुकको अर्थतन्त्र सुधार गरेर अघि बढ्नुपर्ने बताए । नयाँ सरकार गठन भएपछि उद्योगी–व्यवसायी आशावादी हुने परिस्थिति बनेको उनको भनाइ थियो । रोहिणी गाउँपालिकामा क्याम्पस बनाउनुपर्ने तथा रोहिणी नदीको संरक्षण, विकास र प्रवद्र्धन आवश्यक रहेको बताए ।
त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले स्थानीय सरकारले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए । उनले सिंहदरबारको अधिकार गाउँगाउँमा भनिएता पनि स्थानीय सरकारले पूर्ण रुपमा अधिकार पाइसकेको अवस्था नरहेकाले संविधान कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताए । लुम्बिनी प्रदेशसभा सदस्य आशिषकुमार चौधरीले यस क्षेत्रको विकासका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईले गाउँपालिका भवन निर्माणमा रोहिणीलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति रुपन्देहीका पूर्व प्रमुख एकराज विश्वकर्माले गाउँपालिकाको भवनका लागि जिल्ला समन्वय समितिको नाममा रहेको जग्गा हस्तान्तरण गरिएको बताए ।

रोहिणी गाउँपालिकाका अध्यक्षविद्या प्रसाद यादवले गाउँपालिकाको प्रशासनिक भवन, १५ शैयाको अस्पताल, क्याम्पस सञ्चालनलाई जोड दिएको बताए । रोहिणी गाउँपालिकाकापूर्व अध्यक्ष सनोज कुमार यादवले गाउँपालिका भवनलाई पूर्णता दिन आग्रह गरे । राप्रपाका केन्द्रीय सहायक महामन्त्री ताहिर अलीले जनताको प्रतिनिधि भइसकेपछि एउटा पार्टी मात्र नभइ सबैको हुनुपर्ने बताए । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ का सचिव बैजनाथ सहानीले कृषिमा उपलब्धी देखिने खालको नीति बनाउनुपर्ने बताए । कार्यक्रममा रोहिणी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरी,
योजना शाखा प्रमुख राजकुमार मिश्रा लगायतले आफ्ना भनाई राखेका थिए ।
यसैबीच रोहिणी गाउँपालिकाले १२ औं गाउँसभामा गाउँपालिकाका पूर्व अध्यक्ष सनोज कुमार यादवलाई सम्मान गरेको छ । गाउँपालिका भवन निर्माणका लागि जग्गा प्राप्तीमा सहयोग गरेको भन्दै यादवलाई सम्मान गरिएको हो ।
त्यस्तै गाउँपालिका भवन जाने सडकका लागि निःशुल्क जग्गा प्रदान गरी सहयोग गर्ने विष्णु प्रसाद चौधरी, इसरावती भुज, रामवृक्ष कोहार, रोहितचौधरी र प्रहलादे कोहारलाई सम्मानगरिएको थियो ।
त्यसै गरी प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित छविलाल विश्वकर्मा, प्रदेश सभा सदस्यमा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आशिषकुमार चौधरी, क्षेत्र नम्बर १ (२)बाट निर्वाचित अब्दुल रज्जाक, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, पूर्व प्रमुख एकराज विश्वकर्मा र पूर्व उपप्रमुख पशुपतिनाथ यादवलाई सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?