ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

एशियन मार्शल आर्ट च्याम्पियनसीपका लागि ५१ खेलाडी छनोट

देशप्रेम, लक्ष्य प्राप्ति र अनुशासन खेलाडीबाट सिक्नुपर्छ : डा. भुसाल
३० पुष २०७९, शनिबार
३० पुष २०७९, शनिबार

तिलोत्तमा, ३० पुस । आगामी फेब्रुअरी १३ र १४ गते काठमाडौंमा हुने एशियन मार्शलआर्ट च्याम्पियनसीपमा सहभागी हुने रुपन्देहीका तेक्वान्दो खेलाडीहरु छनोट भएका छन् ।
नेपाल योङ ब्रदर्स तेक्वान्दो क्लब रुपन्देहीको आयोजनामा शनिबार तिलोत्तमामा रुपन्देही जिल्लास्तरीय छनोट प्रतियोगिताबाट ५१ जना खेलाडी छनोट भएका हुन् ।
पुरुष र महिलातर्फ १६–२२ केजीदेखि ६४ केजीमाथिसम्मका ८–८ वटा तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहबाट ३ जनाका दरले ५१ जना खेलाडी छनोट भएका हुन् ।

खेलाडी छनोट प्रतियोगिताको उद्घाटन गर्दै क्लबका प्रमुख सल्लाहकार एवं लुम्बिनी प्रदेश योजना आयोगका पुर्व सदस्य डा. दामोदर भुसालले कुनैपनि खेलकुद प्रतियोगिता खेलाडीका लागि नभई राष्ट्रका लागि हुने बताए । खेलको माध्यमबाट देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिने र स्वास्थ्य, अनुशासन तथा राष्ट्रिय एकताको भावना विकास हुने डा. भुसालले बताए । नेपालका राजनीतिक दलका नेताहरुले खेलाडीबाट देशप्रेम,लक्ष्य प्राप्ति र अनुशासन सिक्नुपर्ने भन्दै उनले खेलकुदको विकास र खेलाडीको प्रोत्साहनका लागि तीन वटै तहका सरकारले लगानी बढाउनुपर्ने बताए ।
कार्यक्रममा निलगिरी चिल्ड्रेन्स बोर्डिङ स्कुलका प्रिन्सिपल मिना देउजा केसी, वडा सदस्य विष्णुकुमारी अधिकारी चौधरी,क्लबका अध्यक्ष संघर्ष श्रेष्ठ,सचिव बोम बुढामगर लगायतले विद्यालय तहबाटै खेलाडी उत्पादनमा सरोकारवालाको ध्यान जानुपर्ने बताए ।
३ वर्षअघि स्थापना भएको क्लबमा २ सय खेलाडी आवद्ध रहेका र तिलोत्तमामा, बुटवल र सैनमैनामा २–२ वटा गरी ६ वटा डोजाङ रहेका अध्यक्ष संघर्ष श्रेष्ठले बताए ।

छनोट प्रतियोगितामा संघर्ष श्रेष्ठ,योगेन्द्र श्रेष्ठ,बोम बुढा,सुशान्त पाण्डे लगायत रेफ्री रहेका थिए । क्लबले यसअघि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको र बागलुङमा गत असोजमा सम्पन्न प्रोफेसनल च्याम्पियनसीपमा रश्मी ठाडामगरले दोस्रो स्थान हासिल गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?