ट्रेंडिंग:

>> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप

चुरे र तिनाउ बचाउन एकिकृत र दिर्घकालिन योजना ल्याउन आग्रह

३० पुष २०७९, शनिबार
३० पुष २०७९, शनिबार

बुटवल, ३० पुस ।  प्रत्येक वर्ष बुटवलबासीलाई प्राकृतिक प्रकोपबाट पिडाको विषय बनेको चुरे क्षेत्र ज्योतिनगर र तिनाउ नदी बचाउन एकीकृत र दिर्घकालिन योजना ल्याउनुपर्ने एक अध्ययनबाट देखिएको छ ।

राष्ट्रपति चुरे तराई संरक्षण विकास समिति कार्यक्रम कायान्वन ईकाइ बुटवलले गरेको प्रारम्भिक अध्ययनबाट चुरे क्षेत्रको बिस्तृत अध्ययन गर्नपर्ने निष्कर्ष निकालिएको हो । कार्यान्वन ईकाइ बुटवलका प्रमुख राजन रेग्मीले चुरेको भौगोलिक अवस्थाबारे धेरै पटक छलफल र अध्ययन भएको बताए ।

चुरे सबैभन्दा पछि बनेको र कमजोर पहाड भएको भन्दै उनले यहाका बासिन्दाहरु सचेत र संवेदशिल भएर बस्नुपर्ने सुझाव दिए । अघिल्लो वर्ष उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको अगुवाईमा वडा नं ३ र ४ को चुरे संरक्षणका लागि छुट्टाएको २ करोड ४५ लाख रुपैया बजेटबाट सो क्षेत्रमा
चेक डयाम तथा सहायक संरचना निमार्ण, तारजालीको काम भएको उनले बताए । सोही बजेटमध्येबाट १० लाख रुपैया खर्च गरेर प्रारम्भिक अध्ययन गरिएको उनले बताए । सो प्रारम्भिक चरणको अध्ययनबाट थप विस्तृत अध्ययन गर्नुपर्ने र रोकथामका लागि दिएको सुझाव अनुसार रोकथामको कामहरु गरिएको उनले बताए । अब बिस्तृत अध्ययन गर्न करिब ५० लाख बढि खर्च लाग्ने जुन अहिलेको आवश्यकता भएको उनले बताए ।

चुरेको माथि रहेको पानीको मुहार ब्यवस्थापन गर्ने मुख्य काम भएको उनले बताए । यसैगरि पानीका मुलहरुलाई खहरे खोल्सीहरुलाई बायो ईन्जिनियरिङ प्रविधि प्रयोग गरेर संरक्षण गर्न सकिने उनले बताए । नेपालमा ४० हजार बढि पहिरो क्षेत्र रहेको उनले बताए ।

चुरे तिनाउ संरक्षण समितिले शनिबार बुटवलमा राखेको सरोकारवालासंगको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले जनप्रतिनिधिहरु चुरे र तिनाउ संरक्षणको विषयमा गम्भीर नभएको दुखेसो गर्दै एकीकृत दिर्घकालिन योजना ल्याउन आग्रह गरे ।
मिलन पथक टोल समितिका अध्यक्ष शोभाकर पाण्डेले जनताको पक्षमा काम गर्ने सरकारकै सरोकारवाला निकायहरुको समन्वय अभाव देखिएको दुखेसो गरे ।

टोलमा रहेको आठ घरधुरी पहिरोबाट पुर्ण क्षति भएको अवस्थामा १०–१५ हजार रुपैया सरकारबाट राहत बाहेक अन्य सहयोग नगरेको उनले बताए । सो क्षेत्रका बासिन्दाको पुर्नवास वा अन्य के गर्ने भन्ने विषयमा कुनै योजना नबनाउनु दुखद भएको उनले बताए । फरकफरक निकायले फरकफरक सुझाव र निर्देशनका कारण चुरे संरक्षणको काम हुन नसकेको उनले बताए ।
चुरे तिनाउ संरक्षण समितिका अध्यक्ष कमल गौतमले दिर्घकालिन सोच र योजना बिना चुरे संरक्षण नहुने दाबी गरे । ज्योतिनगर क्षेत्रलाई एकीकृत योजना बनाएर अघि बढ्नुपर्ने उनले बताए ।

चुरेमा रहेको पानीको श्रोतको विषयमा कुनै काम अघि नबढेको भन्दै केबलकार, खानेपानी, पार्क लगायत विकाससंगै यहाका सुरक्षाको विषयमा ध्यान दिनुपर्ने उनले तर्क गरे । हल्ला धेरै हुने तर त्यो वास्तविकता नरहेको उनले बताए । अर्थमन्त्रालयमा धेरै पत्रहरु डम्प भएको अवस्था रहेको उनले दुखेसो गर्दै राज्यबाट अगुवाई गर्नुपर्ने धेरै कामलाई समितिबाट भएको र सरकारलाई झकझकाउने काम भएको बताए । लक्ष्मीनगर, ज्योतिनगर, मिलनपथ, लक्ष्मीपार्क क्षेत्रको पहिरो रोकथाम र नियन्त्रणमा धेरै काम बाकी रहेको उनले बताए ।

लुम्बिनी प्रदेशका सदस्य भोजप्रसाद श्रेष्ठले प्राविधिक रिपोर्टबाट आएको निचोडलाई मनन गरि आवश्यक पहलतर्फ एकजुट भएर लाग्नुपर्ने बताए । प्राविधिक पक्षबाट आएको अध्ययनलाई आधार मानेर अगाडि बढ्नुपर्ने भन्दै यसको लागि तीन तहकै सरकारबाट आवश्यक पहल गर्नुपर्ने बताए । यसको रोकथाम नगरि बस्ती संरक्षण हुन नसक्ने भन्दै यसमा प्राथमिकता दिनुपर्ने बताए । सुरक्षाको उपाय अवलम्बन गर्दैै बस्तीको संरक्षण गर्दै अघि बढ्ने रुपमा रहेको उनले बताए । पहाडको चरित्र अनुसार दीर्घकालिन रुपमा रोकथामसंग थप बिकल्पको अध्ययन जरुरी रहेको उनले बताए ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले चुरे तिनाउ संरक्षणको विषयमा गलत हल्ला फिजाउने काम गरिएको दुखेसो गरिन । यो आर्थिक वर्षमा पहिरो रोकथामका लागि पालिकामा ५ करोड रुपैया माग भएको तर त्यो अझै निर्णय भैनसकेको उनले बताईन । बस्तिको संरक्षणका लागि पालिका चिन्तित रहेको भन्दै यस विषयमा निरन्तर संघ, प्रदेशसंग समन्वय गरिरहेको बताईन ।
वडा नं ३ का बासिन्दा तथा समितिका सदस्य गोपाल प्रधानले २०५६ सालदेखि पटकपटक उठेको गोलपार्क सिद्धबाबा क्षेत्रको हाईटेन्सन लाईन ब्यवस्थापन हुन नसकेको गुनासो गरे ।

सरकारबाट छुट्टाएको बजेट समयमा खर्च गर्न नसक्ने अवस्था आईरहेको उनले बताए । तिनाउ छेउबाट रहेको सडकलाई ब्यवस्थित गर्नसके धेरै उपयोगी हुने देखिन्छ। चुरेको पहिरो रोक्न डाडाको पानीलाई ब्यवस्थापन गर्ने कामसंगै अर्को क्षेत्रमा खानेपानीको समस्या भएको उनले बताए ।
स्थानिय बासिन्दा पदम रिजालले गरिब र निमुखा बसोबास गर्ने थलो तिनाउ र चुरे भएको भन्दै तिनै बासिन्दाबाट मत पाएर चुनाव जितेका जनप्रतिनिधि भुई मान्छेको विषयमा नसोच्ने प्रवृत्ति परिवर्तन गर्न जरुरी रहेको बताए । बि स २०१९ सालको खरिद ऐन अझै पनि संशोधन हुन नसक्दा बिनियोजन भएको बजेट खर्च गर्न नसक्ने अवस्था रहेको उनले दुखेसो गरे ।

जनप्रतिनिधिहरुलाई चुनाव जिताउने र सरकार बनाउने भुमिकामा रहेका निमुखाको पक्षमा काम हुन नसकेको भन्दै प्राकृतिक खोल्साखुल्सीलाई संरक्षण गर्नतर्फ ध्यान दिनुपर्ने बताए ।
निवर्तमान स्थानिय जनप्रतिनिधि लिला श्रेष्ठले आफनो कार्यकालमा नगरपालिकाबाट १ करोड रुपैया बढी बजेट बिनियोजन भएर पहिरो रोकथामको बेला ठूलो काम भएको बताए । स्थानिय बासिन्दा दिपक पुलामीले निक्कै पिडाको समयमा काम गरेपनि अख्तियारमा उजुरि दिएर दुख दिने काम भएको दुखेसो गरिन । स्थानियहरु एकतावद्घ नभई काम हुन नसक्ने भन्दै उनले राष्ट्रपती चुरेको समन्वयमा चुरेमा भएको पानीलाई ब्यवस्थापन भएपनि दिर्घकालिन काम हुन नसकेको बताए । एकआपसमा नै वैमनस्य देखिँदा विकासमा बाधा भएको उनले दुखेसो गरे ।
निर्वतमान जनप्रतिनिधि चिन बहादुर गुरुङले चुरे तथा बस्ति संरक्षणलाई जोड दिएर अगाडि बढ्नुपर्ने बताए । जनधनको संरक्षण सरकारको पहिलो प्राथमिकता भएको भन्दै उनले संरक्षणको काममा निस्वार्थ अग्रसरता रहेकालाई रोक्ने काम नगर्न सुझाव दिए ।
कार्यक्रममा लक्ष्मीपार्क विकास संस्थाका उपाध्यक्ष दुर्गा शर्मा, लक्ष्मी माविका अध्यशक बाबुराम ढकाल, समितिका सदस्य परमानन्द भट्टराई, उपाध्यक्ष हिराध्वज शाह, महासचिव गणेश घिमिरे, जनज्योति निमावि ब्यवस्थापन समितिका अध्यक्ष सरस्वती कुवरले पहिरो आउदामात्र रोकथाममा जुट्ने भन्दा पनि बेलामै दीर्घकालिन सोच ल्याउनुपर्ने सुझाव दिए । सो क्षेत्रमा करीब २ हजार घरधुरि बसोबास गर्दै आएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?