© २०२३
बुटवल,२९ पुस । लुम्बिनी प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ । प्रदेश सभा सचिवालयले माघ २ गते सोमबार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सोही दिन साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यतालिका छ। माघ ३ गते मंगलबार सभामुख र उपसभामुख चयनको कार्यसूची छ ।
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले सभामुख पाउनेछ भने राप्रपाले उपसभामुख पाउनेछ । माओवादीबाट पालपाका तुलाराम घर्ती वसन्त र रोल्पाका दीपेन्द्र पुन सिजल दाबेदार छन् । उपसभामुखमा राप्रपाकी मेनुका खाण आकांक्षी छन् ।
सत्ता पक्षको स्पष्ट बहुमत भएकाले विपक्षी दलले उम्मेदवारी बनाउने समभावना कम छ ।