ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित
विशेष समाचार

सडक र पुलले फेरियो भित्री बुटवल

२६ पुष २०७९, मंगलवार
२६ पुष २०७९, मंगलवार

बुटवल, २६ पुस ।

आफू बसेको ठाउँको विगतलाई बुटवल उपमहानगरपालिका १९ पत्थरगंजका ८६ वर्षिय नर बहादुर खत्रीले झल्झली सम्झछन् । बटौली (पुरानो बुटवल) देखि नजिकै भएरपनि बुटलको कर्णाली उपमा पाएको नहरपुर, मोतीपुर लगायत यस क्षेत्रको जनजिविका १५÷२० वर्ष अघि कष्टकर थियो । तिनाउ र दानव नदीमा पुल नहुँदा घण्टौँ पैदल हिडेर बजार जानुपर्ने बाध्यता थियो । गाडी चढ्ने कुरा यहाँका नागरिकलाई सपनाजस्तै लाग्दथ्यो ।

नुनतेल र दालचामल ल्याउन खोला तरेर जानुपर्दथ्यो । दैनिक जिविकाका सामग्री ल्याउन बजार जाँदा आउँदा कैयनको अकालमै तिनाउ, दानव नदीमा बगेर ज्यान गयो । पक्कीपुल नभएकै कारण यहाँका नागरिकले झेल्नुकष्ट झेले । ‘ज्यानलाई जोखिममा राखेर खोला वारपार गर्दथ्यौँ’,नर बहादुरले विगत सुनाउँदै भने, ‘ती दिन र यी दिन सम्झँदा यस्तो पनि हो र ? जस्तो लाग्छ ।’ विवाहकै दिन तिनाउ खोलाले दुलाहलाई खोलाले बगाएको घटना खत्रीलाई ताजै छ । गुल्मीको चन्द्रकोट गाउँपालिका शान्तिपुरका खत्री ३७ वर्षदेखि बसाईसरेर यस क्षेत्रमा बसोवास गर्दै आएका छन् ।

पत्थरगंजमै ०३२ सालमा जन्मिएका ४७ वर्षिय विनोद मरासिनीले पनि आफूले धेरै कष्ट भोगेको अनुभव सुनाए । अर्घाखाँचीको मालारानी मरेङबाट उनका बुवाआमा नै बसाई सरेर यहाँ आएका हुन् । ‘हामी बसेको ठाउँमा ०३८ सालमा तिनाउको बाढी आएको मलाई अझै पनि याद छ’,उनले भने, ‘यहाँका जनताले पहिले धेरै दुःख पाए ।’ पूर्व पश्चिम राजमार्ग आफू बसेको ठाउँबाट बढीमा तीन किलोमिटर दुरीमा छ ।

बेलबास–बेथरी नमूना सडक

बुटवल देविनगर, मिलनचोक, ट्राफिक चोक र पुरानो बुटवल पनि बढीमा पाँच किलोमिटरकै दुरीमा पर्छन् । तर, खोलामा पुल नहुँदाको पीडा धेरै वर्ष भोग्नुपरेको उनको उनले सुनाए । ‘हामीले त कति दुःख पायौँ, पायौँ’,मरासिनीले भने,‘तर अहिलेका पिँडीले पहिलेको जस्तो दुःख भोग्नुपरेको छैन् ।’ तर, मरासिनी अहिलेको विकासमा पनि त्यती सन्तुष्ट छैनन् । क्रमागत रुपमा हुने विकास मात्र भएको टिप्पणी गर्दै उनले नागरिकहरुको जीवनशैली परिवर्तन हुने खालका योजनाहरु राज्यले संचालन गर्न नसकेको गुनासो पोखे ।

गोरु गाँडामा घण्टौ समय लगाएर सामान बाक्नुपर्ने बाध्यताबाट मुक्ती पाएपनि अहिलेका नेताले सोँचे अनुसार विकास नगरेको उनले दुःखेसो पोखे । पुल नभएकै कारण झोलुंगे पुल क्षेत्र, नहरपुर क्षेत्र र मजुवा क्षेत्रको बस्ती खोलाले बगाएको उनले विगत सुनाए ।

पूर्वाधार निर्माणले सुगम बनाएको यस क्षेत्रलाई कृषिको बृहतर विकास गर्नेगरी राज्यले लगानी गर्नुपर्ने उनको सुझाव छ । ‘पुल, बाटा बन्नुमात्र विकास होइन्’,उनले भने,‘अब यसलाई जनताको रोजीरोटीसँग जोडिने गरी आय आर्जनका कार्यक्रम आउनुपर्छ ।’ यस क्षेत्रमा हाटबजार संचालन, फोहोरमैला व्यवस्थापन, दिगो तटबन्धन, बैंक तथा वित्तिय संस्था र अस्पताल संचालनको खाँचो परेको उनले सुनाए ।

पक्की पुलले घेरियो भित्री बुटवल

बुद्धनगरमा निर्माण गरिएको पक्की पुल

कुनैबेला एउटा पनि पक्कीपुल नभएर झेल्नु कष्ट झेलेका यहाँका नागरिकहरु अहिले चारैतिर पुल बनेको देख्दा दंग छन् । यस क्षेत्रमा दर्जनौ बढी पक्कीपुलहरु बनेका छन् । बुटवल पुरानो र नयाँ बजार जोड्ने पक्की पुल, देविनगर हात्तीसुढ पुल देबीनगर बुद्धनगर, मैनाबगर मजुवा जोड्ने पक्कीपुल, बुटवल १३ र १५ जोड्ने जितगढीको दानव नदी पक्की पुल, नयाँगाउँ दुर्गानगर सडक जोड्न् दानव नदीकै पक्कीपुलले बुटवललाई घेरेको छ ।

त्यस्तै, कर्साघाट सैनामैना सेमलार सडकलाई जोडने पुल, तामनगर र सेमलार जोड्ने अर्को पुल, सिसवा कोलुवा खड्क बनगाई जोड्ने पुल र मणीग्राम मोतीपुर सडक जोड्ने पक्कीपुल निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

विकट बनेको भित्री बुटवल अहिले सुगमको बाटोमा लम्किएको बुटवल उपमहानगरपालिका १४ का वडा अध्यक्ष दधिराम न्यौपानेले सुनाए । साविक मोतीपरु, सेमलार, फर्साटिकर, मानपकडी, मानमटपरिया, छपियाँ विकासको मूल प्रवाहमा जोडिएका छन् । पुल बनेकै कारण बुटवल उपमहानगरपालिकाको वडा नम्वर १४, १५, १६, १७, १८, १९ र वडा नम्वर ११ को मजुवा नहरपुर क्षेत्र सहित शुद्धोधन र सियारी गाउँपालिका अहिले सुगम बनेका छन् ।

जनता अहिले पुल माग्न आउँदैनन् : विष्णु पौडेल

रुपन्देही क्षेत्र नम्वर ५ का प्रतिनिधीसभा सदस्य एवं नेपाल सरकारका अर्थमन्त्री विष्ण्ुा पौडेलले अहिले रुपन्देही क्षेत्रका नागरिकहरु पक्कीपुल बनाउने माग लिएर आफूसँग आउन छाडेको अनुभव सुनाए । ‘अहिले बुटवलका जनता पुलको माग लिएर म कहाँ आउनुहुन्न’,पौडेलले भने,‘आवश्यक पर्ने सवै ठाउँमा पुलको योजना परिसक्यो ।’

रुपन्देही क्षेत्रमा विकासको रोडमोडलको रुपमा यहाँका नागरिकले विष्णु पौडेललाई लिने गर्दछन् । यस क्षेत्रमा बनेका पक्कीपुलसँगै अर्को महत्वपूर्ण योजनाको रुपमा बेलवास–बेथरी सडकलाई लिएका छन् । यो सडक पनि उनै पौडेलको विशेष चासो र योगदानकै कारण निर्माण भएको हो । झोलुंगेपुल बेलवासदेखि बेथरीसम्म यो सडक निर्माणको अन्तिम चरणमा छ । बीचमा नहर र वारपारी दुई दुई गरी फोर लेनको सडकले पनि कुनैबेला विकट मानिएका गाउँबस्तीहरुलाई समेट्दै जाने छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा र पर्यटकीयस्थल लुम्विनी पुग्न यो सडक धेरै उपयोगी हुने देखिएको छ । बेलवासबाट बेथरीसम्मको दुरी २४ किलोमिटर छ । सडक पूर्वाधार विकास कार्यालय रुपन्देही मार्फत निर्माण भइरहेको यस सडकको २२ सय मिटर मात्र निर्माण पुरा गर्न बाँकी रहेको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर ललित न्यौपानेले जानकारी गराए । यसवर्ष निर्माण पुरा गर्ने लक्ष्य रहेको उनको भनाई छ । यो बाहेक तिनाउ र दानव करीडोर पनि यस क्षेत्रको समृद्धिको अर्को महत्वपूर्ण योजना हो ।

चारैतिर बनेका पक्कीपुल र बेलवास बेथरी सडक यहाँको समृद्धिको आधार रहेको बुटवल उपमहानगरपालिका ११ का सदस्य एवं यूवा नेता नकुल शाहीले प्रतिक्रिया दिए । ‘यस क्षेत्रको विकास र समृद्धिका लागि हामी दिनहुँ लागिपरेका छौँ’,शाहीले भने,‘सडक र पुल बनेपछि यहाँ लगानीको क्षेत्र समेत फैलिदै जान थालेको छ ।’ ठूला ठूला होटल, कटेज, वाटरपार्क, व्यवसायिक कृषी खेती र बस्तीविकासको चहलपहल बढ्दै गएको छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?