ट्रेंडिंग:

>> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित

सरकारको गलत नीतिले उद्योगी–व्यवसायी धराशायीउन्मुख

२५ पुष २०७९, सोमबार
२५ पुष २०७९, सोमबार

बुटवल,२५ पुस । सरकारको गलत नीतिका कारण धराशायी हुने अवस्थामा पुगेको उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेपनि त्यो अल्पकालीन र अधुरो रहेकाले निजी क्षेत्रले राहत महसुस गर्न नसकेको उनीहरुको गुनासो छ ।

उद्योग व्यापार संघ बुटवलको चौथो वार्षिक साधारणसभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले कोरोना महामारीले थला परेको अर्थतन्त्र आर्थिक मन्दीका कारण झनै संकटतिर धकेलिएको भन्दै सरकार र निजी क्षेत्र मिलेर समाधान खोज्नुपर्ने बताए ।

उनले स्थानीय सरकारबाट हुन सक्ने सहजिकरण र सहयोगका लागि उपमहानगरपालिका सधै तयार रहेको बताए । बुटवलमा निर्माणको प्रकृयामा रहेको मोतिपुर औद्योगिक क्षेत्रलाई छिटो कार्यान्वयनमा ल्याउन सके उद्योगीलाई राहत उद्योगी व्यवसायीले पनि सरकारलाई झक्झकाउन नगर प्रमुख पाण्डेयले आग्रह गरे ।

नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव एवं उद्योग व्यापार संघ बुटवलका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले चालु पुंजी कर्जा मार्गदर्शन पुनः संशोधन गरेर उद्योगी व्यवसायीका माग सम्बोधन हुनुपर्ने बताए । उनले बैंकहरुले गरेको कुल ऋण लगानीको ६० प्रतिशत हिस्सा ९६ जना ठुला घरानाका ऋणीमा रहेको र बांकी ४० प्रतिशत १८ लाख ऋणीमा रहेकाले अर्थतन्त्र सीमित व्यक्तिका कारण संकटमा परेको बताए ।

उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्द गैरेले बुटवलका ४ वटा मुख्य व्यवसायिक संस्था मध्ये कान्छो भए पनि आफ्नो संस्थाले अरु संस्था सरह सामाजिक क्षेत्रमा काम गरेको र चारवटा औद्योगिक ब्यापार मेला सफलतापुकर्वक सम्पन्न गरेको बताए । उनले आउंदो २०८२ सालको पुसमा संघले औद्योगिक बयापार मेला गर्ने गरी संस्था अघि बढेको बताए । उनले स.स्थाको भवन निर्माणका लागि बुटवल उपमहानगरले जग्गा उपलब्ध गराएकोमा उपमहानगरलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमिण पाण्डे,बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल,बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम,  नेपाली कांग्रेस बुटवल उपसभापति ज्योति भण्डारी, उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष उज्ज्वल कसजु,नेकपा माओवादी केन्द्रका बुटवल इन्चार्ज पुष्पराज ढकाल,नेकपा एमाले बुटवल इन्चार्ज किसन ज्ञवाली,नेपाल राष्ट्र बैंक सिद्धार्थनगरकी व्यवस्थापक रन्जना पौडेल, उद्योग ब्यापार संघ बुटवलका उद्योग उपाधयक्ष विष्णुप्रसाद पाण्डे,वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी,महासचिव पदम जीसी,कोषाध्यक्ष अन्जु पाण्डे लगायतले चर्को घरभाडाका कारण पनि उद्योगी व्यवसायी मर्कामा परेकाले वैज्ञानिक भाडा दर निर्धारण गर्न र व्यवसायलाई आधुनिक, उपभोक्तामैत्री बनाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?