ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

कृषकको तरकारी हाटसम्म ‘निःशुल्क ढुवानी’

२५ पुष २०७९, सोमबार
२५ पुष २०७९, सोमबार

अर्घाखाँची, पुस ।
कोरोनाका कारण बन्द भएको सन्धिखर्कको हाटबजार शुरु भएपछि गाउ“को कृषि उत्पादनले बजार पाएको छ । गाउ“को तरकारी हाटबजारमा आएपछि कृषक र उपभोक्ता दुवैलाई फाइदा भएको छ ।

अर्घाखाँचीतरकारी उत्पादन तथा बजारीकरण समुहका सचिव सहयोगी बिसीले अढाई वर्षपछि शुरु हु“दा सबैभन्दा धेरै फाइदा किसानलाई भएको बताए । तरकारी उत्पादन हुन्थ्यो, बिक्री गर्न लैजाने ठाउ“ नहु“दा किसान विस्थापित हुने अवस्थामा थिए । कोरोना अघिसम्म हाटबजार लाग्थ्यो । कोरोनाका कारण अढाई वर्षसम्म बन्द थियो । समितिले हाटबजार सुचारु गर्ने सुचना जारी गरेर कृषकलाई तरकारी उत्पादन गर्न भनेरै हाटबजार शुरु भएको हो । अघिल्लो शुक्रवार किमडा“डा, बाा“गी, जगतका कृषकले तरकारी ल्याएर बिक्री गरे । मंगलवार पनि तिनै गाउ“ सहित घोचेखोला, अर्घा, वाङला लगाायतका गाउ“बाट ५० जनाभन्दा बढी कृषकले काउली, साग, मुला, टमाटर, सीमि, बन्दा र फुल गोभी, आलु, बोडी, खुर्सानी, सिम्लामिर्चा, लौका, कागती लगायतका तरकारी ल्याएर बिक्री गरे । लामो समयपछि हाटबजार लाग्दा बजारवासीको भीडभाड रहयो ।

सदरमुकाम दुई ठाउ“मा राखिएको हाटबजारका स्टल राखिएका छन् । कृषकले स्टलको शुल्क तिर्नु पर्दैन । समुहले ‘कृषि एम्बुलेन्स’ सञ्चालन गरेको छ । समुहले डबल क्याप जिप भाडामा लिएर कृषकको घरबाट हाटबजारसम्म तरकारी निःशुल्क ल्याइदिन्छ ।
‘कृषकले तरकारी बोरामा राखेर संकलन केन्द्र र बाटोमा बस्छन्, ‘कृषि एम्बुलेन्स’ पुगेर हाटबजारसम्म तरकारी ल्याइदिन्छ,’ समुहका अध्यक्ष पुष्करनाथ बञ्जाडेले भने, ‘विस्थापित हुन लागेका, विस्थापित भएका र केहही नया“ युवाकृषकले गाउ“मा तरकारी खेती शुरु गरेका छन् । सातामा दुई दिन लाग्ने हाटबजारमा ल्याएर बिक्री गर्दा किसानलाई पनि राम्रो आम्दानी, उपभोक्तालाई ताजा तरकारी खान पाएका छन् ।’ हाटबजार शुरु भएपछि धेरै कृषकको आम्दानीको बाटो फेरी शुरु भएको उनले बताए ।

हटबजारमा बिक्री गर्दा कृषकले मुल्य राम्रो पनि पाएका पनि पााएका छन् । हाटबजारकै कारण धेरै युवा कृषि उद्यमबाटै स्वरोजगार बन्ने उनले बताए । ‘बारीमा तरकारी खेती हुन्छ, बिक्री नहु“दा उत्पादन थिएन, अब हाटबजार शुरु भयो, खेती गर्ने ल्याएर बिक्री गर्दा राम्रो आम्दानी नै हुन्छ,’ बञ्जाडेले भने, ‘कृषि उपजको शुलभ आपूर्ती तथा वितरण व्यवस्थापनको लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालन गरेका हौं । अझै व्यवस्थित गरेर उत्पादन र बजारीकरणलाई सहज बनाउ“छौं ।’ बजारमा गाउ“मा उत्पादन भएको केरा, तरुल, सख्खर, पिडालु जस्ता खानेकुरा स्टलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?