ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

व्यापारलाई ग्रामिण अर्थतन्त्रसंग जोडौंः मुख्य मन्त्री पोखरेल

१९ आश्विन २०७५, शुक्रबार
१९ आश्विन २०७५, शुक्रबार

उद्योग व्यापार संघ बुटवल रूपन्देहीको आयोजना तथा जिल्ला समन्वय समिति रूपन्देही र बुटवल उपमहानगरपालिकाको प्रवद्र्धनमा बुटवलमा तेस्रो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ । यहि असोज २८ गते सम्म सञ्चालन हुने मेलाको शुक्रबार प्रदेश ५ का मुख्य मन्त्री संकर पोखरेलले उद्घाटन गरे । मेला उद्घाटन कार्यक्रममा बोल्दै मुख्य मन्त्री पोखरेलले व्यापार व्यवसायलाई ग्रामिण अर्थतन्त्रसंग नजोडे सम्म नेपाली अर्थतन्त्रको दिगो विकास नुहने बताएका छन् । उनले अहिले सजिलो व्यापारको रुपमा सिमा पारीबाट विभिन्न बस्तु आयात गरी सहरमा नै विक्रि गर्ने परिपाटी विद्यमान रहेको भन्दै उनले ग्रामिण क्षेत्रका जनातहरुको आर्थिक स्थर माथि उठ्ने गरी व्यापार व्यवसायलाई अबलम्बन गर्न सकेमा साच्चै नै आर्थिक विकासमा दिगो पना हासिल हुने बताएका हुन ।
आयातित बस्तु विक्री वितरण गरी आर्थिक समृद्धिको कुरा गर्नु भनेको ‘थोत्रो आर्दश’ को संज्ञा दिदै मुख्य मन्त्री पोखरेलले जव सम्म ग्रामिण अर्थतन्त्रसंग नेपाली अर्थतन्त्र जोड्न सकिदैन तव सम्म विकासको आशा गर्नु बेकार भएको बताए ।
उनले अहिले छिमिकी उद्योगीहरुलाई पोष्ने काम गरिएको भन्दै यसलाई अन्त्य गर्नु आवश्यक रहेको बताएका थिए ।
कमाईको ठुलो हिस्सा बाहिर जाने गरेको बताउदै उनले बाहिर जादै नजाने भन्द पनि मात्रालाई कम गर्नु आवश्यक रहेको तर्क अगाडी सारे । जनताको स्तर माथि उठाने खालमा ठुलो हिस्सा लगानी गर्नृ आवश्यक रहेका उनको भनाई थियो ।
आर्थिक अपराध जम्माउने तर्फ उद्योगी व्यवसायीहरु उद्धत हुन नहुने भन्दै मुख्य मन्त्री पोखरेलले विलासितको क्षेत्रमा भन्दा उद्यमशिल, रोजगारी सृजना हुने क्षेत्रमा नीजि क्षेत्रले लगानी गर्नुपर्ने बाताएका थिए । ‘ठुल ठुला घरहरु बनाउनु भन्दा पनि घर बनाउने रकम लाई उद्यमशिलता विकास गर्न तर्फ लाग्नुहोस्’–मुख्य मन्त्री पोखरेलले भने ।
आवास नीतिलाई अनुसरण गरी आवाशिय क्षेत्र र व्यापारिक क्षेत्रलाई छुट्टाएर व्यापार विजेनेश गर्नुका विकल्प नभउको उनको तर्क थियो । उद्योगी व्यवसायलाई राजनीति संग जोड्न नहुने भन्दै देशमा युवा लाई रोजगारी सृजना गर्ने वातावरण निर्माण गर्नुको विकल्प नभएको बताए ।
बुटवल बाणिज्य, व्यापार क्षेत्रको महत्पूर्ण संभावना बोकेको स्थान भएको भन्दै उनले व्यवसायीक स्थान, आवाशिय स्थानको बर्गीकरण गरी कार्य अगाडी बढाउनुको विकल्प नभएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्याम बहादुर पाठकले युवाहरुलाई देश बाट पालयन हुन बाट रोक्न सकेमा मात्रै देश समृद्धि हुने धारणा राखे । उनले अस्थायी संरचनामा लाखौ रुपैयाँ खर्च गरिएको भन्दै स्थायी सम्मेलन केन्द्र निर्माणकोलागि सरकारको ध्यानकर्षण गराए ।
‘स्वाधिन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ भन्ने मुख्य नाराकासाथ आयोजना गरिएको मेलामा २० करोड भन्दाको बढि कारोबार हुने मुल आयोजक समितिका संयोजक तथा बुटवल उद्योग व्यापार संघका अध्यक्ष प्रविण बहादुर पाठकले जानकारी दिए ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हामल, नेपाली कागे्रस नगर सभापती खेलराज पाण्डे, बुटवल उपमानगरपालिका वडा नम्बर १० का अध्यक्ष तथा नगरकार्यपालिका सदस्य पदम थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दिनेश पाण्डे, संगठनका केन्द्रीय सदस्य खेम नारायण पराजुली, वुटवल उपाध्यक्ष गोविन्द गैरे, नेत्र रुचाल लगायतले बालेका थिए ।
औद्योगिक उत्पादन, कृषि उत्पादन, अटोमोवाईल्स, गार्मेट, खाद्यान्न, फूटवेयर लगायतका विभिन्न प्याभिलियन बनाइएको छ भने दशैं सस्तो बजारको लागि छुट्टै प्याभिलियन बनाइएको छ ।
प्रदर्शनी स्थलमा ४ सय १५ भन्दा बढि स्टल रहेको प्रदर्शनीका संरक्षक खिम नारायण पराजुलीले बताए । प्रदर्शनीको मुख्य आकर्षण नौ तले धरहराको सर्वसाधारणको लागि खुल्ला गरिएको मेलाका अर्का संरक्षक तथा निवर्तमान अध्यक्ष खेम श्रीसले बताए । करिब २२ लाख रूपैयाँ खर्च गरे भूकम्पले ध्वस्त भएको धरहराको प्रतिरूप प्रदर्शनी स्थलमा निर्माण गरिएको छ । प्रदर्शनीलाई सांस्कृतिक मय बनाउन स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक संयोजक एवं संघका उपाध्यक्ष सिताराम रसाईलीले जानकारी दिए । राष्ट्रिय कलाकारहरू वद्री पगेनी, शिव परियार, सनुप पौडेल, एन्जीला रेगमी सुजता पाण्डे लगायतको बेजोड प्रस्तुती रहने उनले बताए । त्यसैगरी प्रदर्शनीमा फेशन शो, बिट कन्टेक्स, खुल्ला डान्स प्रतियोगिता हुनेछ ।

यो पनि पढ्नुहोस । 

आजदेखि बुटवलमा औद्योगिक प्रदर्शनी, नौ तले धरहरा मुख्य आर्कषण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?