ट्रेंडिंग:

>> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै

दण्ड र प्रभाव

१९ आश्विन २०७५, शुक्रबार
१९ आश्विन २०७५, शुक्रबार

गोपाल  बस्याल, पाल्पा ।
विद्यालय उमेरका बालबालिकाहरू शारीरिक, सामाजिक र मानसिक हिसाबले त्रासद परिस्थितिमा बाँच्न बाध्य छन् । उनीहरू परिवार, समाज, विद्यालय, बजार जुनसुकै स्थानमा अपमानित, दण्डित, यातना र हिंसाको शिकार बनिरहेका समाचारहरू दिनहुँ प्रकाशित छन् । उनीहरू अपहरणमा परेका, मारिएका, बालिकाहरू बलात्कार हत्या गरिएका जस्ता अमानवीय क्रुरता बढिरहेका छन् । यसरी घटनाहरू बढिरहँदा हरेक अरू बालबालिका समेत मानसिक रूपमा असुरक्षित, भयभित र त्रसित अवस्थामा रहेका कारण उनीहरूको सम्मानपूर्वक विकास हुनुपर्ने अधिकार कौवालाई बेल पाके जस्तै बनेको छ ।
मानिसहरूमा असल बानी ब्यवहार विकास गरी सभ्य, सामर्थ र सम्मानजनक मानवीय जीवन यापनका लागि सहयोगी नागरिक उत्पालन गर्ने विद्यालयहरू नै ज्ञानको मन्दिर नभएर यातना गृह जस्ता बनेका खबर पटकपटक आइरहेका छन् । सामान्य छलफलका क्रममा समेत विद्यार्थीलाई उनीहरूको बानी ब्यवहार सुधार गरी भविष्य सपार्नका लागि केही मात्रामा डर त देखाउनुपर्छ भन्ने मत राख्ने शिक्षक, अभिभावक र बुद्धिजीवीहरू समेत छन् । यस्तो मान्यता बोकेका जो सुकैबाट पनि सजिलै यातना दिने प्रबृत्ति हुन्छ । दण्ड र हिंसाका कारण पर्ने प्रभावका बारेमा खासगरी शिक्षक र अभिभावकले गम्भीर बन्नैपर्ने केहि कारणहरू छन् ।
शारीरिक दण्डबाट बालबालिकामा पर्ने असरहरूका बारेमा धेरै अध्ययन अनुसन्धान भएका छन् । वास्तवमा सजायँका कारण उनीहरूका ब्यवहारमा झन् बढी नकारात्मकपन बढ्दै जाने गरेको सबै विश्लेषणको निष्कर्ष छ । पाकिस्तानको पञ्जाब लेबोरेटरी स्कूलको कक्षा १० मा गरिएको एउटा अनुसन्धानमा शैक्षिक प्रगति र बानी खराब भएका विद्यार्थीहरूलाई सुधार गर्न भौतिक या शारीरिक सजायको तरिका अपनाइएका विद्यार्थीहरूले झन् बढी नकारात्मक र मनोबैज्ञानिक पद्धतिबाट सुधार गर्न प्रयास गरिएका विद्यार्थीहरूले शैक्षिक, ब्यवहारगत र दीर्घकालीन प्राज्ञिक प्रगतिमा सकारात्मक सुधार ल्याएको पुष्टि भएको छ । अर्थात् खराब चरित्र वा सिकाइ उपलब्धी सुधारको मन्त्र शारीरिक यातना होइन, मनोबैज्ञानिक उपचारात्मक शिक्षण हो । विद्वानहरू भन्छन् कि सजायँको कारण विद्यार्थीका गलत ब्यवहारभन्दा पनि शिक्षकको कमजोर मानसिकता वा नैराश्यता (फ्रस्टेशन) हो । वास्तवमा असल, दक्ष, आदर्श शिक्षकले विद्यार्थीलाई दण्डित गरेका घटना कम मात्र सुनिन्छ । सजायँ दिने शिक्षक स्वयम्को पृष्टभूमि, वातावरण, सफलता, शिक्षणकला, विधि–प्रविधिको प्रयोग आदि पक्षमा सबल बनिरहेको पाइँदैन । सजायँबाट बालबालिकाहरू पीडित हुन्छन् । यदि एउटा बयस्क प्रौढ मानिसलाई कुटपिट ग¥यो भने मुद्दा मामिला र दण्ड सजायँ हुन्छ भने बालबालिकालाई कुटपिट गर्दा कुनै कारवाही किन नहुने ? वास्तवमा बालबालिकाहरू जो संरक्षण पाउनुपर्ने ब्यक्ति हुन् उनीहरूलाई नै यातना दिइरहेको छ भने पीडकलाई प्रौढमाथि कुटपिट गर्दा हुने सजायँभन्दा बढी हुुनुपर्ने हो ।
शारीरिक दण्डको निरन्तर प्रयोगले रिसाउने र विद्यालय भित्र र बाहिर उग्र गलत र असामाजिक ब्यवहारहरू बढ्ने प्रबृत्ति बढ्छ । त्यसैगरी कक्षाकोठा वा घरमा आफूमाथि गरिने दुब्र्यवहारहरूलाई स्वाभाविक मान्नुपरेको ब्यक्तिले प्रतिक्रिया स्वरूप अन्य अस्वाभाविक खालका ब्यवहार देखाउँछ । यस्ता प्रतिशोधात्मक कार्यको पुष्टि स्वरूप उनीहरूको तर्क हुने गर्छ । उनीहरूले आफूलाई त्यस प्रकारको ब्यवहार अरूले गर्न हुन्छ भने आफूले यस्तो किन नगर्ने ? उदाहरणको लागि घरमा पिटाइ खाएको बालक भाग्दै जान्छ र कुनै तरकारीको बीउ उखेलेर फालिदिन्छ वा भाइ बहिनीलाई पिट्छ । त्यसैगरी आप्mनो लक्ष्य जसरी पनि पूरा गर्नका लागि खाना नखाने, घरबाट भागेर हिँड्ने, चोर्ने, लुकाउने, बिगार्ने जस्ता अस्वाभाविक ब्यवहार देखाउने गर्छन् । अर्थात् बालबालिकाकालाई बलपूर्वक दबाउने वा नियन्त्रण गर्ने प्रयाश गरियो भने उनीहरू पनि वैकल्पिक बल वा ध्वंशको सहारा लिन्छन् ।
प्रायः यस्ता ध्वंसात्मक द्वन्द्वमा आफूलाई हुने फाइदा भन्दा हुने भन्दा पनि आफ्नो शक्ति देखाउने र देखाइदिने भन्ने मनोविज्ञान बालबालिका देखि प्रौढसम्म र ब्यक्तिदेखि राष्ट्रसम्म हुन्छ । त्यसैले बलपूर्वक दमन गरिएका र बलपूर्वक सजायँ दिइएको प्रतिकार कुनै समयको अन्तरालमा फरक स्वरूपमा समेत अभिब्यक्त हुन्छ । यसरी दमन र हिंसाले समस्यालाई गुणन गर्दै लैजान्छ र बालबालिका र प्रौढ अभिभावक वा शिक्षकहरूबीच समस्याको दुष्चक्र बृद्धि हँुदै जान्छन् । अर्थात् एउटा हिंसात्मक क्रियाले अर्को हिंसात्मक प्रतिक्रियाको जन्म दिन्छ र यो क्रम बढ्दै जान्छ । यसैगरी शारीरिक दण्डका कारण बालबालिका तथा प्रौढहरूमा समेत मानसिक तनाव, डिप्रेशन, कमजोर आत्मसम्मान, सनक, विक्षिप्तता जस्ता विभिन्न प्रकारका मनोवैज्ञानिक तथा ब्यवहारजन्य असन्तुलन देखा पर्दछन् । यस्तो वास्तविकतालाई बिर्सेर शिक्षकहरूले केहि भ्रमात्मक मान्यता पालिरहेको पाइन्छ । उदाहरणका लागि विद्यार्थीलाई अनुशासित बनाउनका लागि केहि डर त दिनु नै पर्छ । प्राइभेट स्कूलमा कुटेर पढाउँछन् र नतिजा राम्रो आउँछ । शिक्षकले पिट्ने भनेको सुधार गर्नका लागि हो । कुनैपनि बाबुआमाले छोराछोरी बिग्रिए राम्रो भन्दैन र शिक्षकहरू पनि अभिभावक नै हुन् । कतिपय विद्यार्थीहरू सजायँ दिएका कारण राम्रो भएका छन् । यस्ता भ्रम पालेका शिक्षक तथा अभिभावकबाट बालबालिकाले राम्रो शिक्षा पाउने संभावना हुँदैन ।
अनुशासन अर्थात् नियम पालनालाई अंग्रेजीमा डिस्सीप्लीन भनिन्छ जुन डिस्सीपल शब्दबाट बनेको हो जसको अर्थ शिष्य वा अनुयायी भन्ने हो । अनुशासनलाई छाडेर दण्ड शासन चलाउने हो भने अनुयायीहरू पनि दण्डकै सहारा लिन्छन् । यसकै कारण हो कि पिट्ने बानी भएका शिक्षकहरू आफ्ना शिक्षकले आफूलाई कुटेका घटना सुनाउँदै आफ्नो बचाउ गर्दछन् । अर्थात् हिंसाको अनुभवबाट हिंसात्मक ब्यवहार नै सिकाइ हुँदोरहेछ । यदि असल शिक्षकबाट शिक्षा लिन पाउने हो भने त अनुयायीले पनि आदर, सम्मान, सद्भाव, स्नेह, माया, प्रेम, इमान्दारिता, क्षमादान जस्ता मूल्यवान गुणहरू सिक्न पाउने थिए । हिंसात्मक ब्यवहार अन्य धन, सम्पत्ति, प्रतिष्ठाका आधारमा तय हुने होइन । मानिसलाई आफूमाथि कसैले असभ्य, असत्य र गलत कारणले वा आफ्नो गल्ती नै भए पनि हिंसात्मक क्रुर यातना दियो भने सजिलै प्रतिशोध स्वरूप अकल्पनीय प्रतिक्रिया देखाउँछ । उदाहरणका लागि सम्पन्नता, प्रजातन्त्र, मानव अधिकारको धेरै वकालत गरिने अमेरिकामा दिनहुँ हतियारसहित आक्रमण भैरहेका हुन्छन् । हप्तैपिच्छे विद्यार्थीले कक्षाकोठामा साथीहरू र शिक्षकलाई समेत बन्दूकले ढलाएका समाचार सुन्न पाइन्छ । नेपालमा पनि विद्यार्थीहरू आपसमा हिंसात्मक द्वन्द्वमा पटकपटक उत्रिएका तर शिक्षकमाथि आक्रमण कम मात्रामा भएका सुनिन्छन् । नेपालमा पिडित नै थप अपमानित हुने, पिडकले बहादुरी गरेको मानिने वातावरणका कारण हिंसाको प्रतिकारभन्दा पक्कै पनि पीडा सहने, अत्याचार लुकाउने र डिप्रेशन साथै आत्महत्या गर्ने सम्मका घटना घटेका छन् । यस्ता अमानवीय कार्यहरूको बिउ सामान्य हिंसाको बृद्धिसँगै भएका छन् । कक्षाकोठामा हुने दुब्र्यवहार, शिक्षणसिकाइ रणनीति, सहपाठीका ब्यवहार, संगत, ठूला मानिसहरूको ब्यवहार आदिका कारण बालबालिकाहरू पीडित छन् ।
सुन्दर समाजको निर्माण गर्नाका लागि मानिसहरूको चरित्र, संवेगात्मक अवस्था, नैतिक मूल्यमान्यताको महत्वपूर्ण भूमिका हुन्छ । ब्यक्तिले स्वयम्लाई एउटा आदर्श ब्यक्तिको रूपमा परिचित गराउनका लागि पनि शान्त, नरम, सद्भाव भएको नैतिक चरित्रवान् हुनु आवश्यक छ । रिसाहा, हिंस्रक र संवेगात्मक रूपमा असन्तुलित ब्यक्तिबाट अनुयायीहरूले राम्रा ब्यवहार सिक्न पाउँदैनन् । तसर्थ शारीरिक सजायँको विकल्पका रूपमा मनोवैज्ञानिक परामर्शलाई अंगाल्न सक्ने हो भने कक्षाकोठामा ब्यवहारजन्य समस्याहरू समाधान हुने र समस्यापूर्ण विद्यार्थीहरूमा समेत सकारात्मक ब्यवहारहरूको विकास हुँदै सिकाइ उपलब्धी बढाउन पनि सहयोग पुग्ने छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission