© २०२३
रितेश पन्थी
नेपालमा २००४ देखि २०७२ सम्म ७ वटा संविधान निर्माण भए । ६८ बर्षमा ८ वटा संविधान निर्माण हुनु आफैमा आश्चर्यको विषय हो । नेपालको संविधान २०७२ को निर्माणसँगै २०७४ सालमा संघीयताको कार्यान्वयन स्वरूप संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भई देश संविधान र संघीयताको सफल कार्यन्वयन तर्फ अग्रसर छ । निर्वाचनपछि शक्तिशाली कम्युनिष्ट सरकारको शासन छ ।
सबैले साेंचेका थिए होला ओलीको शक्तिशाली सरकार आउनेबित्तिकै केही चमत्कार हुनेछ । सुरु सुरुमा त त्यस्तै लाग्थियो । तर, अहिले त्यो बोली कम हुँदै गएको छ । ओलीको पहिलो शासनकालमा उहाँका ठूलाठूला कुरा सुनेर केही त गर्छन् है भनेर भोट दिएका नेकपाका समर्थक पनि अहिले निराश भएका छन् । कारण सरकारले आफूहरूले साेंचेजस्तो काम गर्न नसक्नु हो । ओली सरकारमा अघिल्लो पटक मन्त्री भएर सानोतिनो काम गरि छवि बनाएका केही मन्त्रीले समेत यसपटक क्षमता देखाउन सकेका छैनन् । बिज्ञबाट अर्थमन्त्री बनाइएका युवराज खतीवडाबाट जति अपेक्षा थियो त्यति काम पनि गर्न सकेका छैनन् । समृद्धि र गरिबी हटाउनको लागि गर्नुपर्ने कुरा कति छन् कति ? तर राष्ट्रिय आम्दानी बढाउन सकिने कार्यक्रम कसरी सुरु गर्ने हो केही छनक मिलेको छैन ।
बढ्दो व्यापार घाटा कसरी नियन्त्रण गर्ने हो त्यसको लागि कुनै नविन कार्यक्रम छैन । बैदेशिक लगानी कसरी कहिले बढाउने हो त्यसमा पनि केही भरोसालाग्दो नीति लिइएको छैन । समृद्धिको बाधक भनेको भ्रष्टाचार हो । नयाँ सरकारले भ्रष्टाचारप्रति लिने भनेको कडा रबैया र बोली पनि कागजमा मात्र सीमित हुन पुगेको छ । कानुन मन्त्रीले त बोल्न नहुने कुरामा बोलेर राजिनामा दिनुपर्ने स्थिति आउनु झन् नयाँ सरकारको लागि लज्जाजनक विषय थियो । यातायात सिण्डिकेट हटाइयो भनेर प्रचार त गरियो, तर सिन्डिकेट हटेको आभास अझै जनताले पाउन सकेका छैनन् । त्यसमा पनि एक दुई जना मन्त्रीका नीति र काम गर्ने तरिकाले जनमानसमा बितृष्णा थपेको छ ।
इन्टरनेट सेवा लिइरहेका ग्राहकमाथि १ सय ३५ कर लाउने निर्णयले झन् सरकारको आलोचना भयो । तर त्यो निर्णय पछि फिर्ता लिइयो । इन्टरनेटमा नागरिकको पहुँच बढाउनुको सट्टा जनतामाथि कर थोपेर सरकार उल्टो बाटोतिर गएको भनी समाचार पनि आयो । त्यसमाथि नागरिक समाज बौद्धिक बर्गले समेत समर्थन गरेको डाक्टर गोबिन्द केसीको सत्याग्रहप्रति सरकारको धेरै दिनसम्मको दृष्टिकोणले त जनता सरकारको कामप्रति अझ निराश भए । डाक्टर केसीको अनशन समग्र नेपालको स्वास्थ क्षेत्रको सुधारको लागि थियो र हुन्छ । ओलीको सरकार गठन भएपछि बलात्कारको घटना बढेको बढै छन् । कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई २ महिनाभन्दा बढी हुँदा पनि पक्रन नसक्नु र बलात्कारीलाई कानुनी दायरामा ल्याउन नसक्नु सरकारको कमजोरी हो । त्यसमा पनि प्रधानमन्त्री र गृहमन्त्रीले “सरकार गिराउने खेल “भन्दै प्रचार गर्नु झन् लज्जाजनक अभिव्यक्ति थियो । यो सरकार बहुमत प्राप्त सरकार हो कसैबाट डर मान्नुपर्ने स्थिति छैन ।
हाम्रा दलहरूले लोकतन्त्र र समाजवादका बारेमा त धेरै बोल्छन् तर ती वादभित्र के के पर्छन् कस्तो काम गर्नुपर्ने हो भनेर चिन्तन गर्दैनन् । केवल मेरो गोरुको बाहै्र टक्का गर्ने काम मात्र हुन्छ । यी कारणले गर्दा दुई तिहाइको होस् या अल्पमतको ओली होउन् या शेरबहादुर, पुष्पकमल दाहाल जो प्रधानमन्त्री भएपनि आधारभुत रूपमा उनीहरू उस्तै हुन् ।
नयाँ सरकार बन्नेबित्तिकै धेरै कुरा दुई चार महिनामै भइदियोस् भन्ने अधैर्य र अपेक्षा धेरै जनमानसमा थियो होला । तर सरकार बनेको ५ महिनामै अलोकप्रिय भयो भनेर यति धेरै टिकाटिप्पणी हुनु स्थिर सरकारको लागि शुभ संकेत होइन । तर सरकार अलोकप्रिय आफ्नै कारणले हुँदै छ । जजसले सरकारको काम, तरिकाको बिरोध गरे, सरकारले उचित तरिकाले आलोचनाको सम्बोधन गर्नभन्दा पनि ओँठे जवाफ दिनमै कस्सियो र त्यस्तै रबैया देखाउँदा आफ्नै कारण अलोकप्रिय भयो ।
सरकारलाई हाल कांग्रेसबाट कुनै चिन्ता डर लिनुपर्ने कारण छैन । कांग्रेसको साइज खुम्चिसकेको छ । तर यसो भन्दैमा प्रतिपक्षको कुरा सुन्दै नसुन्ने भनेको होइन । ओलीले आफ्नो सरकारको कामबारे आफ्ना कार्यकर्तालाई प्रचार गर्न भन्नु र आफ्ना कामको बिरोध गर्न नभन्नु जस्तो स्थिति आउनु बरु ओलीप्रति सत्तापक्षकै नेताबाट असन्तुष्टि हुन सक्छ ।
अन्तयमा, सरकारलाई अझै काम गर्न धेरै समय छ होला । तर पनि नेपाल यहि हो नेता यिनै हुन् । अझै पनि पाँच बर्ष छ भन्दै गन्दै बस्नु ठीक होइन । सरकारका लागि आश जोगाउने खालका काम गर्नु पहिलो बर्ष मात्र हो ।
त्यसैले सरकार यदि दुई तिहाई जनादेशको हो भने सरकारी टिमले त्यहि संख्या बराबरको इच्छाशक्ति विवेक र क्षमता देखाउनु पर्यो । देशमा न्याय मरेको छैन । भने निर्मला लगायत हजारौँ छोरी चेलीले राज्यबाट न्याय पाउनु पर्यो । देश र जनताले अनुभव गर्नेगरी न्युनतम बिकासका काम गर्नुपर्यो । नत्र ओलीको कार्यकाल गफ हान्दै, सपना देख्दै र निराशाजनक रूपले समाप्त हुन्छ भन्ने कुरा बुझ्नु जरुरी छ ।à
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी