© २०२३
बुटवल,२० पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिन आग्रह गरेका छन् ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको दल कार्यालयमा भएको भेटमा प्रधानमन्त्रीले अध्यक्ष नेपाललाई सरकारलाई विश्वासको मत प्रदान दिन आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीसंग भेट हुनुअघि अध्यक्ष नेपालले प्रचण्डको अनुहार हेरेर समर्थन गर्न मिल्ने भए गरिसक्ने प्रतिक्रिया दिएका थिए । उनले सरकारको काम हेरेर प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने दिनसम्म निर्णय लिने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई पनि सरकारमा समेट्ने प्रयास गरिरहेका छन् ।