© २०२३
बुटवल,२० पुस । तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित तिलोत्तमा वहुमुखी सहकारी संस्थामा चोरी भएको छ । सहकारीको च्यानल गेटको चाबी फोडेर अध्यक्ष माधवलाल देवकोटा र व्यवस्थापक सुमित्रा पौडेलको कार्यकक्षमा जडान भएको सीसी क्यामेराको दुई वटा डीबीआर चोरी भएको व्यवस्थापक पौडेलले जानकारी दिइन् । डीबीआर भनेको सीसी कयामेरामा दृश्यहरु रेकर्ड राख्ने डिभाइस हो । ‘एक तला माथि रहेकोे अध्यक्षको कोठा र मेरो (व्यवस्थापकको ) कोठाको डीबीआर चोरी भएको छ’–पौडेलले भनिन्–‘झ्यालबाट र गल्लीबाट भित्र पसेर काउन्टरबाट पैसा चोरी गर्न खोजेको रहेछ तर पस्न सकेनछ, त्यसपछि च्याननल गेटको चाबी तोडेको देखिन्छ ।’