© २०२३
बुटवल,१९ पुस । आफूमाथि तोकेको जरिवानाको नियमविरूद्ध काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह निर्वाचन आयोगविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन्।
निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो। आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन्।
मेयर शाहले आफूले कानुनले तोकेको अवधिभित्रै असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको दावी गरेका छन्। निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नुपर्नेमा ३० औँ दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट पेश गरेको बालेनको दावी छ।
आयोगले उनलाई ७ लाख ५० हजार जरिवाना तोकेको थियो। यस्तै, ७ लाख ५० हजार रुपैयाँ चुनावी खर्च गर्न पाउने भए पनि आफूले ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्रै खर्च भएको विवरण शाहले बुझाएको बताएका छन्।
आयोगले खर्च विवरण नबुझाउने र समयमा नबुझाउने उनीसहित थुप्रै उम्मेदवारहरूलाई जरिवाना गरेको थियो। आफूलगायत आयोगको निर्णयले अन्याय भएको भन्दै उनले निवेदन दिएका हुन्।
यस्तै, मेयर बालेनले निर्वाचन ऐन २०७३ को दफा २६ ९३० र दफा २६ ९५० को व्वस्था संविधानसँग बाझिएको उल्लेख गरेका छन्।