ट्रेंडिंग:

>> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान

गुल्मीदरबारका वडा वडामा गाउंपालिकाको घुम्ती सेवा

१९ पुष २०७९, मंगलवार
१९ पुष २०७९, मंगलवार

गुल्मी, १९ पुस । नागरिकको सेवा प्रवाह कार्यालयवाटै हुनुपर्दछ भन्ने छैन । यदि जन प्रतिनिधिले नागरिकको गुनासो सुन्न र उनीहरुलाई सहज रुपमा सेवा प्रवाह गर्नका लागि कहिले काहिँ उनीहरुको घर आँगनसम्म पनि पुग्नु पर्दछ । आफ्नै घर आँगनमा आफुले निर्वाचित गरेका जनप्रतिनिधिहरु पुग्दाको खुसि नागरिकहरुमा झनै गहिरो बन्ने गर्दछ ।
नागरिकका यस्तै आशा र उनीहरुको समस्यालाई बुझ्ने प्रयास गर्दै छ गुल्मीको गुल्मीदरबार गाउँपालिका । जहाँ नागरिक त्यहाँ सेवा भन्ने मान्यतालाई आत्मसाथ गर्दै उक्त पालिकाले एकीकृत घुम्ती सेवा मार्फत वडामै पुगेर नागरिकलाई सेवा प्रवाह गर्न शुरु गरेको छ । कार्यालयको कामकाजलाई व्यवस्थीत गर्दै वडा वडामा पुगेर घुम्ती सेवा मार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरुका जनगुनासाहरुलाई समेत सोही ठाउँवाट समाधान गर्ने प्रयास गरेको पालिका अध्यक्ष सरोज कुमार थापाले बताए ।
यसरी पालिकाले वडा तहमै पुगेर सेवा प्रवाह गर्न थालेपछि स्थानीयहरु पनि निकै खुसी बनेका छन । यसरी वडाबाट नै सेवा पाउँदा अत्यन्तै खुसी लागेको वडा नं –१ बलीथुमका स्थानीय दिलबहादुर कुमालले बताए । एउटा कुनै सानो कामले पालिकामा जानु पर्दा घण्टौं समय लाग्ने गरेको भन्दै यनले यसरी गाउँमै आएर सेवा दिंदा निकै खुसि लागेको बताए ।
गुल्मीदरबार गाउँपालिकाले वडामै पुगेर विभिन्न विषयगत कार्यालयका फरक फरक विधाका शिर्षकहरुमा कुल तीन हजार तीन सय ८३ जना नागरिकलाई सेवा प्रवाह गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताएका छन् । पालिकाले गत दुई गर्षदेखि एकिकृत घुम्टी सेवा संचालन गर्दै आएको पाण्डेले बताए ।
योजना सम्झौता गर्नु पहिले र सम्झौता गरेपछि पालिकाले सबै वडा तहसम्म पुगेर स्थानीय उपभोक्ता समितिका पदाधिकारीसँग अभिमुखिकरण कार्यक्रम समेत संचालन गर्ने गर्दछ । योजना सम्पन्न गर्न र गरेपछि त्यसको भुक्तानी प्रकृयासम्म आवश्यक पर्ने सबै विषय वस्तुहरुको बारेमा उपभोक्ताहरुलाई जानकारी गराईन्छ ।
एकिकृत सेवा मार्फत पालिकाले नयाँ व्यवसाय दर्ता, व्यवसायको नवीकरण, माटो परीक्षण, पशुपन्छी औषधी वितरण तथा परामर्श, स्वास्थ्य परीक्षण तथा औषधी वितरण,जेष्ठ नागरिक परिचय पत्र वितरण लगायतका सेवा प्रवाह गरेको गाउँपालिका उपाध्यक्ष तारा थापाले जानकारी दिएकी छन । पालिकाले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्दै उनीहरुमा अभिभावकीय अपनत्व प्रदान गर्न जनतासँग गाउँपालिका र जनतासँग अध्यक्ष लगायतका कार्यक्रम समेत सञ्चालन गर्दै आईरहेको थापाले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?