ट्रेंडिंग:

>> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित

बुटवलमा सञ्चालित औद्योगिक प्रदर्शनी आज समापन हुंदै

१९ पुष २०७९, मंगलवार
१९ पुष २०७९, मंगलवार

बुटवल,१९ पुस । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा सञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को आज (मंगलबार) समापन हुने भएको छ । प्रदर्शनीको को प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सपन्न गर्ने संघले जनाएको छ ।
प्रदर्शनीको सोमबारसम्म करिव ५ लाख दर्शकले अवलोकन गरेको सचिवालयले जनाएको छ । प्रदर्शनी मूल आयोजक समितिका संयोजक दिनेशराज रेग्मीले आयोजकले सोचेभन्दा प्रदर्शनी तथा महोत्सव अत्यधिक सफल भएको बताए ।

प्रदर्शनी सकिन १ दिन मात्र बाँकी रहँदा सोमबार पनि प्रदर्शनी अवलोकन गर्ने दर्शकको अत्यधिक चाँप रहेको थियो । प्रदर्शनी समापन हुने दिन नजिक आउदैगर्दा अवलोकनकर्ताहरुले सामान खरिद धेरै गरेका भेटिन्थे । अगाडीका दिनमा दर्शकहरुको भिड भएका कारण खरिद गर्न असहज भएका कारण पछिल्लो दिनमा दर्शकले चासोपूर्वक अवलोकन गर्नुका साथै सामान खरिद गर्ने तर्फ ध्यान दिएका थिए ।

नया व्यवस्थापन र आधुनिक प्रदर्शनी केन्द्रमा आयोजना गरिएको यस पटकको आयोजना बुटवलमा हालसम्म सम्पन्न भएका प्रदर्शनी, मेला एवं महोत्सवहरुमध्ये सबै तर्फबाट उत्कृष्ट बनेको प्रदर्शनी प्रबन्धक यादव भण्डारीको भनाई छ ।
प्रदर्शनीमा विभिन्न प्रकृतिका ३१० प्रतिष्ठानका उत्पादनहरु ४१५ वटा स्टलहरुमा सहभागी गराएको भण्डारीले जानकारी दिए ।

सचिवालयका अनुसार क्षेत्रगत रुपमा प्रदर्शनीमा ३७ जिल्लाबाट विभिन्न उद्योग प्रतिष्ठानको सहभागिता रहेको छ । समापन समारोहमा उत्कृष्ट स्टल एवं उद्योगी, सहयोगी संघसस्था लगायत विभिन्न व्यक्तिहरूलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
बुटवल मण्डपमा निमार्णाधिन अवस्थामा रहेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक प्रदर्शनीको आयोजना गर्ने अवसर प्राप्त भएको र केन्द्रको भौतिक निमार्णको काम पुरा नभएको अवस्थामा पनि अथक परिश्रमबाट आधुनिक स्टल निमार्ण गरि नयाँ ढंगले प्रर्दशनी सम्पन्न गनृ सफल भएको सदस्य सचिव हरि बहादुर खत्रीले बताए ।
प्रदर्शनीमा समावेश गरिएका सबै प्रतियोगिताहरु सम्पन्न भएका छन् । अन्तिम प्रतियोगिताको रुपमा प्रदर्शनी आइडल २०७९ सिजन ६ को फाइनल प्रतिस्पर्धा सोमवार भएको छ प्रदर्शनी आइडल सिजन ६ को उपाधी रुपा रौतारले चुमेकी छन् । उपाधी बिजेता रुपा रौताले नगद पुरस्कार रु. १ लाख ११ हजार १ सय ११ सहित विभिन्न पुरस्कारहरु प्राप्त गरेकी छन् ।

आइडलको दोस्रो उपाधी अञ्जली विश्वकर्माले प्राप्त गरेकी छन् । द्वितीय उपाधीको पुरस्कार रु.५५ हजार ५ सय ५५ रहेको छ भने एन्जिला क्षेत्री खत्रीले रु. ३३ हजार ३ सय ३३ पुरस्कार रहेको तेस्रो उपाधी प्राप्त गरेकी छन् । कार्यक्रममा प्रदर्शनी मूल आयोजक समितिका संयोजक एवं रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, प्रदर्शनी आइडल प्रायोजक एभरेष्ट होटल इनका संचालक बालाराम भट्टराई, प्रदर्शनी आइडलका संयोजक तिलक नेपाली लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?