© २०२३
बुटवल, १८ पुस । लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रदेश राजधानी दाङको देउखुरीमा सोमबारदेखि शुरु भएको छ ।
अधिवेशनको पहिलो दिन दुई वटा वैठक बसेको छ । पहिलो बैठकमा ज्येष्ठ सदस्य डिल्लीराज भुसालले प्रदेश सभाको अधिवेशन आह्वान सम्वन्धि पत्र पढेर सुनाएका थिए । त्यसपछि शुरु भएको वैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सम्वोधन गरेका छन् । वैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले पाँच बर्षको अवधिमा संघीयता कार्यान्वयनको जग बसालेको र प्रदेशलाई स्थापित गरेको बताए ।
दोस्रो बैठकमा जेष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव वहुमतले पारित भएको छ । दोस्रो वैठकमा दलका नेताहरुले सम्बोधन गरेका थिए । यो अधिवेसनपछि सभामुख र उपसभामुख चयनको बाटो खुलेको छ । पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ । अर्को वैठक माघ ३ गते बस्ने छ ।