© २०२३
बुटवल, १८ पुस । लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्र संसदीय दल नेता जोखबहादुर महरा निर्वाचित भएका छन् । दाङको देउखुरीमा सम्पन्न प्रदेशसभा सदस्यहरुको बैठकले महरालाई सर्वसम्मतरुपमा दलको नेता निर्वाचित गरेको हो । रोल्पा १ क बाट प्रदेश सभा सदस्य निर्वाचित महरा पार्टी स्थायी समितिका सदस्य हुन् । उनले लामो समय पार्टी अध्यक्ष प्रचण्डको निजी सचिवालयमा काम गरेका थिए । बैठकमा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल उपस्थित थिए । महरा निर्वाचित भएपछि स्थायी समिति सदस्य एवं मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीबाट सरकार र दलको नेतृत्व गर्नका लागि शुभकामना दिएका छन् । लुम्बिनीमा सरकारको नेतृत्व माओवादी र एमालेले दावी गरेका छन् । एमाले २९ सिट सहित पहिलो दल हो भने माओवादी ९ सिटसहित तेस्रो दल हो ।