© २०२३
बुटवल, १७ पुस । लायन्स क्लब अफ बुटवल देउरालीले बुटवलको वडा नं १८ मा वृहत नि:शुल्क स्वास्थ्य शिविर गरेको छ । भवानी माविमा भएको शिविरमा मधुमेह, आंखा,नाक, कान,घांटी र दांतको चेकजांच गरिएको हो । शिविरमा चार सय जना भन्दा धेरैले चेकजांच गराएका क्लबले जनाएको छ । कार्यक्रममा वडाध्यक्ष गुरुप्रसाद पंगेनीले सामाजिक र मानवीय सेवामा लायन्स क्लबहरुले गरेका कामहरु अनुकरणीय रहेको बताए । उनले आफ्नो वडाले आगामी दिनमा पनि क्लबसंग सहकार्य गर्ने बताए । क्लबका निवर्तमान अध्यक्ष एवं लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पीका डायबिटिज प्रोग्राम चेयरपर्सन ज्ञानप्रसाद पौडेलले लायन्स क्लबहरुले लायन्स क्लबका सदस्यहरुले व्यक्तिगत खर्च गरेर निस्वार्थ भावले सामाजिक सेवाका कामहरु गर्दै आएको बताए ।
कार्यक्रममा डिस्ट्रिक्ट कोचिफ बालाराम भट्टराई, लायन्स क्लब अफ बुटवल देउरालीका संस्थापक अध्यक्ष टिकाराम बन्जाडे, वर्तमान अध्यक्ष अध्यक्ष रमेश पाण्डे, प्रथम उपाध्यक्ष दीपक पन्थी, द्वितीय उपाध्यक्ष कृष्णप्रसाद भण्डारी,कार्यक्रम संयोजक तिर्थ खनाल लगायतले निशुल्क स्वास्थ्य शिविरले आर्थिकरुपमा विपन्न नागरिकलाई ठूलो राहत पुग्ने बताए । चेकजांचका क्रममा आवश्यक औषधी समेत क्लबले निशुल्क वितरण गरेको थियो ।