© २०२३
बुटवल,१७ पुस । आज अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस । हस्पिटालिटी क्षेत्रमा नौलो पहिचान बोकेको होटेल पौवाले स्थापनाकालदेखि नेपाली राष्ट्रिय पोशाकलाई प्रवद्र्धन गर्दै आएको छ । पौवाले आफ्ना सिनियर देखि जुनियर सबै पुरुष कर्मचारीलाई नेपाली पोशाक दौरा सुरवाल र टोपी अनिवार्य गरेको छ । नेपाली मौलिक पहिचान, भेषभुषा र परम्परालाई संरक्षण गर्न स्थापना कालदेखि सबै शाखामा काम गर्ने कर्मचारीलाई नेपाली पोशाक लगाउन अनिवार्य गरिएको होटेलका ब्राण्डिङ एण्ड मार्केटिङ प्रमुख विष्णु भण्डारी बताउँछन् ।
दौरा सुरुवाल र टोपीमा सजिएका कर्मचारीबाट पाहुनालाई सत्कार अनि किचनमा नेपाली परम्परागत परिकारलाई नै प्राथमिकता दिएकाले पौवाले बेग्लै पहिचान बनाएको भण्डारलिे बताए । स्थानीय र कर्मचारीसमेत करिब ५० जनाको ५० करोड बढी लगानी भइसकेको पौवामा ४०० बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
पौवाको भैरहवा, बुटवलको योगकिुटी,दाङको लमही, कपिलवस्तुको गोरुसिंगे, दाङको भालुबाङ, पाल्पाको तानसेन र पोखराको लेकसाइड स्ट्रिटमा शाखाहरु छन् । पौवाले धनगढीको चटकपुरमा र चितवनको टांडीमा एक एक वटा होटेलको व्यवस्थापन जिम्मा लिएर आफ्नो ब्राण्डमा सञ्चालन गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी