© २०२३
बुटवल,१७ पुस । रुपन्देहीको कञ्चन गाउँपालिका वाड न ४ शिवालय चोकमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । हरैया फायर लाइन सडक खण्ड अन्र्तगत पर्ने लुम्बिनी सडकमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको लु ३७ प ५१५३ नम्बरको मोटरसाइकल र बिपरित दिशा तर्फबाट आउदै गरेको लु २० प ८७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यलय रुद्रपुरले जानकारी दिएको छ ।
लु २० प ८७८ नम्बरको मोटरसाइकल चालक अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वाड न ६ घर भई हाल कञ्चन गाउँपालिका वाड न ५ गरगरेमा सुनचाँदी व्यवसायी गर्दै आएका दिल बहादुर बि।क को उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबार राति ११ बजे मृत्युु भएको अस्पताल स्रोतले बताइएको छ ।
यस्तै लु ३७ प ५१५३ नम्बरको मोटरसाइकल चालक कञ्चन गाँउपालिका वाड ४ डायरी चोक निवासी वर्ष अन्दाजी ३९ का गिर बहादुर बिश्वकर्माको लुम्बिनी अस्पतालमा उपचार भई रहेको उनको खुट्टा र अन्य ठाउँमा चोट लागेको र अहिले उपचार चलिरहेको प्रहरीले बताएको छ ।
के कति कारणले दुर्घटना भएको भन्ने थाहा नभएता पनी हुसु र तिव्र गतिको कारणले दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । दुर्घटना शनिबार राती १० बजेको समयमा भएको ईलाका प्रहरी कार्यालय रुद्रपुरले बताएको छ ।