ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै
न बन्यो शितभण्डार, न चलाइयो प्रशोधन केन्द्र

अदुवाको उत्पादन घटाउदै किसान

१७ पुष २०७९, आईतवार
१७ पुष २०७९, आईतवार

सल्यान, १६ पुस । जिल्लाका किसानहरु पनि क्रमिक रुपमा अदुवा खेती कम गर्दै गएका छन् । अदुवा उत्पादन हुने गरेपनि पछिल्ला वर्षहरुमा अदुवा विक्रिमा समस्या छ । विक्रि भएपनि किसानले उचित मुल्य पाउँन सकेका छैनन् । यसका कारण किसानहरुले विस्तारै अदुवा खेतीलाई घटाउदै गएका छन् । सल्यानका दशवटै स्थानीय तहमा अदुवा उत्पादन हुने गर्दछ । तथापी माल्नेटा, सिद्धेश्वरी, कोटमौला, दमाचौर, कपुरकोट, अदुवाका पकेट क्षेत्र हुन । जिल्लामा अदुवा खेतीका लागि उपयुक्त हावापानी र माटो भएपनि पछिल्लो वर्षयता उत्पादन घट्दै गएको छ ।
विगत पाँच वर्षको तथ्यांक हेर्ने हो भने नौ सय ४२ मेट्रिकटन अदुवा उत्पादन घटेको देखिन्छ । कृषि विकास कार्यालय सल्यानका अनुसार पाँच वर्षमा चार सय २० हेक्टर क्षेत्रफल घटेको छ । कार्यालयका निमित्त कार्यालय प्रमुख भरत कुमार वस्नेतका अनुसार यस वर्ष एक हजार ६७० हेक्टर क्षेत्रफलमा अदुवा लगाइएकोमा २७ हजार ४५० मेट्रिकटन उत्पादन भएको छ । यो गत वर्षको उत्पादन भन्दा एक हजार ११९ मेट्रिकटनले कम हो ।
उत्पादित काँचो अदुवा विक्रि नहुने तथा विक्रि भएपनि मुल्य नपाउने भएकाले किसानहरुले सूठो बनाउने गरेका छन् । अदुवालाई मुख्य आयश्रोत बनाएर अदुवा तथा बेसार खेति गर्दै आएका जिल्लाका किसानहरु अदुवाले मुल्य नपाएपछि चिन्तित बनेका छन् । यस वर्ष जिल्लाका किसानहरु २० देखि २५ रुपैयाँ प्रतिकिलो अदुवा बिक्री गर्न बाध्य छन् । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १४ माल्नेटाका कुलबहादुर विकले यस वर्ष आफुले २० क्विन्टल अदुवा उत्पादन गरेको भएपनि उचित मूल्य नपाएकाले दुःख व्यक्त गरे । माल्नेटामा मात्र व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका झन्डै चार सय घरपरिवार किसान छन् तर उचित मूल्य नपाउँदा उनीहरुले वर्षेनी अदुवा उत्पादन घटाउदै लगेका छन् ।
कृषि विकास कार्यालयका अनुसार जिल्लाबाट २१ हजार ६८ मेट्रिकटन अदुवा निकासी हुने गरेको छ । जसबाट ३७ करोड ९२ लाख २४ हजार रकम भित्रिने गरेपनि यसबर्ष ५० प्रतिशत अदुवा पनि निकासी भएको छैन । नेपालमा उत्पादित अदुवा मुख्य रुपमा छिमेकी देश भारतमा निर्यात हुने गरेको र भारतले यहाँको अदुवा खरिद नगर्दा बजार प्रभावित हुने गरेको बताइएको छ । किसानले उत्पादन गरेको वस्तु आफ्नै शहर बजारमा खपत हुन नसक्दा अदुवा बजार पटक पटक प्रभावित हुने गरेको स्थानीय व्यापारिहरु बताउँछन् । अदुवाको बजार नै प्रभावित भएकाले वर्षाैँदेखी अदुवा खरिद गर्दै आएका व्यापारिहरु समेत अदुवा खरिद गर्न आनाकानी गर्नेगरेका छन् ।
हावापानी अनुकुल भएको सल्यानमा राम्रो ब्यबस्थापन भएमा प्रतिरोपनी एक हजार देखि एकहजार ५०० किलोसम्म उत्पादन हुने गरेको किसानहरुको अनुभव छ । किसानहरु एक रोपनी क्षेत्रफलमा २ देखि ३ क्वन्टिल बराबरको अदुवाको बीउ रोप्ने गर्दछन् । यहाँका किसानले फागुन, चैतमा अदुवा रोप्छन् । हिजोआज अदुवा विक्रिको सिजन हो । बारीमा खनेको अदुवा सफा गर्ने र ग्रेडिङ गर्ने काममा व्यस्त भएपनि अदुवाको मूल्यमा आएको निरन्तरको गिरावटले किसानहरु निराश छन् ।जिल्लामा अदुवा भण्डारणको लागि शितगृह पनि छैन । प्रशोधन केन्द्र पनि यहाँ छैन । अदुवालाई प्रशोधन गरी ज्यादै महत्वपूर्ण खाद्य पदार्थ तथा औषधिको रुपमा प्रयोग गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अदुवाको माग बढे पनि सल्यानका किसानहरुले भने बजार पाउन सकेको छैन् । किसानहरुका लागि आवश्यक बजारको व्यवस्थापन गर्न सरोकारवाला निकायले चासो दिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?