ट्रेंडिंग:

>> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

अर्थ विनाको अंग्रेजी नयाँ वर्ष

१७ पुष २०७९, आईतवार
१७ पुष २०७९, आईतवार

 

आजदेखि इसवीय संवतको नयाँ वर्ष २०२३ को सुरुवात हुँदैछ । त्यसैले विश्वका अधिकांश देशमा मानिएको यो नयाँ वर्ष सबैले उमङ्गताका साथ मनाउने गर्दछन् । तर यसबेलाको उनीहरूको यो वर्ष परिवर्तनले कुनै पनि प्राकृतिक घटनासँग सम्बन्धित राख्दैन । राख्छ त केबल क्रिश्चियन धर्मका अनुयायी जिससको क्राइष्टको जन्म दिनसँग । त्यही पनि जिससको जन्मदिनभन्दा ७ दिन पछि मात्र । हो ठिक छ ल उनको जन्मदिनदेखि नयाँ वर्षको सुरुवात कुनै पनि प्राकृतिक घटनाविना नै मानियो रे । फेरी यी वर्षभित्रका महिना जनवरी फरवरी आदिको परिवर्तन पनि यत्तिकै कुनै घटनाविना नै राखिएको छ । त्यसैले ठिक छ कुनै धर्मका अनुयायीहरूले मानेको वर्ष परिवर्तनको दिन संसारका सबै मानिसहरूले कुनै पनि वैज्ञानिक कारणविना नै मान्नु युक्तिसम्मत देखिँदैन । ठिक छ क्रिश्चियन धर्माबलम्बीहरूले आफ्ना इष्टदेवको सम्झनामा इसवीय वर्ष मानून् तर संसारका सबै देशहरूका धर्माबलम्बीहरूले यो वर्षपरिवर्तन मानिनुको कुनै अर्थ छैन । जसरी क्रिश्चियनहरूले जिसस क्राइष्टको सम्झनामा लगाउने टाइको कुनै अर्थ छैन अर्थात् यसले न कुनै जाडो छेक्छ न त शरीर नै छेक्छ त्यसैगरी यो इसवीय वर्ष मान्नु पनि त्यस्तै देखिन्छ ।
हिन्दू धर्मका अनुयायी हामीहरूले चाहिँ जुनसुकै कुरा पनि केही अर्थपरक तरीकाले मनाउने गर्दछौँ । हामीले मनाउने पर्वदेखि नयाँवर्ष सबैको केही न केही अर्थ हुन्छ । ती सबै प्राकृतिक घटनासँग पनि सम्बन्धित हुन्छन् । अब वर्षको परिवर्तन हुँदैछ भन्दा वित्तिकै मेष राशिबाट हुँदै सूर्यले १२ राशिको भ्रमण गरी पुन मेष राशिमै फर्किँदैछन् भन्ने बुझिन्छ । यो वर्षभित्रका महिनाहरू पनि अत्यन्तै वैज्ञानिक तरीकाले खगोलीय घटनासँग सम्बन्धित बनाएर राखिएको छ । यी सबै महिनाहरू मेष वृष आदि १२ राशिसँग सम्बन्धित छन् । मेष राशिमा सूर्य भइरहँदा वैशाख महिना हुन्छ । मेष राशिबाट सूर्य वृष राशिमा जाँदा साथ ज्येष्ठ महिनाको सुरुवात हुन्छ । जति समय सूर्य वृष राशिमा बस्दछन् त्यति नै समयलाई ज्येष्ठ महिना भनिन्छ । महिनाका क्रम १ गते २ गतेको पनि अर्थ छ । ३० अंशको १ राशि हुन्छ । त्यसैले गते बढ्दैछ भन्नुको अर्थ सूर्यको पनि राशिभोग विस्तारै बढ्दै छ भन्ने बुझिन्छ । पृथ्वीबाट टाढा सूर्य हुँदा सूर्य उच्च भएछन् भनिन्छ । सूर्य उच्च हुँदा राशिको भोग गर्न सूर्यलाई अलि बढी समय लाग्दछ । त्यस समयका महिनाहरू ३१–३२ दिनका हुन्छन् । पृथ्वीबाट नजिक सूर्य हुँदा सूर्य नीच भएछन् भनिन्छ । यो समयमा सूर्यले राशिभोग पनि ढिलो गर्दछन् । त्यसैले त्यस समयका महिनाहरू २९ दिनका हुन्छन् । चान्द्र महिनाहरूको पनि त्यस्तै अर्थ छ । पूर्णिमामा जुन नक्षत्र हुन्छ । त्यही नक्षत्रको नाम नै त्यो चान्द्र महिनाको नाम हुन्छ । जस्तो विशाखा वा त्यो नजिकको नक्षत्रमा पूर्णिमा पर्यो भने त्यो महिनाको नाम वैशाख हुन्छ । ज्येष्ठा वा त्यो नजिकको नक्षत्रमा ज्येष्ठ । चान्द्रमहिना भित्रका तिथिहरूको पनि त्यस्तै अर्थ छ । सूर्य र चन्द्रमाको गतिको अन्तर तिथि हो । एकै राशिमा भएका सूर्य र चन्द्रमाको अन्तर जति बढ्दै जान्छ, त्यति नै तिथिको पनि बृद्धि हँदै जान्छ । यसअनुसार पूर्णिमा छ भन्नुको अर्थ आज सूर्य र चन्द्रमाको अन्तर ६ राशिको छ भन्ने हो । त्यस्तै आज अमावास्या हो भन्नुको अर्थ आज सूर्य र चन्द्रमा एउटै राशिमा छन् भन्ने बुझिन्छ । नक्षत्रको त्यस्तै अर्थ छ । आज फल्नो नक्षत्र छन् भन्नुको अर्थ आज त्यो नक्षत्रमा चन्द्रमा छन् भन्ने बुझिन्छ । यस्तै दक्षिणायन र उत्तरायणको पनि अर्थ छ । संवत्सरको पनि अर्थ छ । बृहस्पतिको मध्यम मानले संवत्सरको परिवर्तन हुन्छ । सबै कुरा कुनै पनि काल्पनिक छैनन् ।
त्यसैले यति धेरै वैज्ञानिकताले भरिपूर्ण हाम्रा महिना वर्ष गते तिथि अयन मान्नुको सट्टा अर्थ नै नभएको अङ्ग्रेजी इसवीय संवत् मान्नुको कुनै अर्थ छैन । त्यसैले सूर्य र चन्द्रमाको भोगअनुसार मनाइने हाम्रो संवत् नै मानौँ त्यसैलाई प्रयोगमा ल्याऊँ । कुनै विदेशी अतिथिलाई देख्दा ह्यापी न्यू इयर भन्दा त भयो तर यसैलाई सर्वस्व मानेर आफ्नोपन नबिर्सिऔँ । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?