ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

बुटवलमा तमु ह्युल छोंज धीले यसरी मनायो ल्होसार (फोटो फिचर )

१५ पुष २०७९, शुक्रबार
१५ पुष २०७९, शुक्रबार

बुटवल,१५ पुस । रुपन्देहीका गुरुङ समुदायले आफ्नो मुख्य पर्व ल्होसार साताव्यापी कार्यक्रमसहित मनाएका छन् । हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग ९वर्ष० फेरिने भएकाले ल्होसारलाई उनीहरूले नयाँ वर्ष र जातीय पर्वका रुपमा मनाउँछन् ।

रुपन्देहीमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदले पुस ११ देखि १५ सम्म विभिन्न रचनात्मक र सामाजिक काम गरेर ल्होसार मनाएको हो । ल्होसारको मुल समारोह पुस १५ गते शुक्रबार बुटवल बेसम्याम्पस्थित बौद्ध बिहारमा विभिन्न सांस्कृतिक कार्यक्रम,सम्मान लगायतका कार्यक्रम गरी मनाइएको हो ।

तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद जिल्ला समिती रुपन्देहीले आयोजना गरेको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य बसन्त घर्तीमगरले उद्घाटन गर्दै गुरुङ समुदाय कला, संस्कृति र परम्पराको धनी रहेको भन्दै तिनीहरुको संरक्षणमा स्थानीइ, प्रदेश र संघीय सरकारको ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा नेपाली सेना पश्चिम पृतनाका प्रमुख नवराज तमु, तमु हयुल छोंज धी केन्द्रीय पूर्व संरक्षण सभापति माया तमु,आदिवासी जनजाति महासंघ रुपन्देही अध्यक्ष चित्र तुलाचन, सतिस चौधरी, झपट तमु लगायतले मन्तव्य व्यक्त गरेका थिए । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद रुपन्देही अध्यक्ष विमला तमुको अध्यक्षता र सचिव ओमप्रकाश गुरुङको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

ल्होसारको अवसरमा जिल्ला,नगर र इकाइ समितिहरुले सरसफाई, रक्तदान,अपांग आश्रममा दान, वृहत झांकीसहित नृत्य प्रतियोगिता सम्पन्न गरेका सचिव गुरुङले बताए । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद रुपन्देही अध्यक्ष विमला तमुले पुस १५ देखि गुरुङहरुको नयां वर्ष २६०६ शुरु हुने भन्दै उनले यो वर्ष बाघ वर्गको विदाई गरी बिरालो वर्गको स्वागत गर्दै ल्होसार मनाएको बताइन् । ल्होसार गुरुङ समुदायको सांस्कृतिक पर्व भएको र यसले समुदायलाई एकतावद्ध बनाउने उनको भनाई छ । रुपन्देहीमा करिब ५० हजार र देशभर ८ लाख गुरुङ समुदाय रहेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?