© २०२३
बुटवल,१५ पुस । गुरुङ समुदायले आज ल्होसार पर्व मनाउँदैछन् । हरेक १५ पुसमा मनाइने यो पर्वलाई तोला ल्होसार पनि भनिन्छ ।
तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यो वर्ष गुरुङ समुदायले तो
ल्हो अर्थात बाघ वर्गको बिदाई गर्दै हि ल्हो अर्थात बिरालो वर्ग को स्वागत गरेर भव्यरूपमा मनाउने गर्दछन् ।
यस दिन हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको ठाउँमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पा समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ ।
सरकारले तमु ल्होसारको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
यसैबीच गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले आज बुटवल बेसक्याम्पको बौद्ध बिहारमा विशेष कार्यक्रम गरेर ल्होसार मनाउदै छ । परिषदका सचिव ओमप्रकाश गुरुङका अनुसार प्रदेश सांसद बसन्त घर्तीमगरको प्रमुख आतिथ्यतामा सांस्कृतिक कार्यक्रम,सम्मान मन्तव्य लगायतका कार्यक्रम गरी ल्होसार मुल समारोह आयोजना गरिएको छ । दिउसो १२ बजेदेखि शुरु हुने कार्यक्रममा जिल्लाभरका गुरुङ समुदायको उपस्थिति रहने उनले बताए ।