© २०२३
दाङ,१४ पुस । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा अबदेखि आईसियु तथा भेन्टिलेटरमा उपचारारत बिरामीको मिर्गौलामा समस्या आएमा आईसियु कक्ष भित्र नै डाईलासिस सेवा सुरु भएको छ । उपचारकै क्रममा बिरामिको मिर्गौलामा समस्या आए मेडिकल अफिसर र एनेस्थेसियोलोजीष्टको समन्वयमा डाइलासिस सेवा सुरु भएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. रमेश कंडेलले जानकारी दिए । कंडेलले यो सेवा पश्चिमयता पहिलो भएको दाबी गरे। प्रतिष्ठानका आईसियु इन्चार्ज एनेस्थेसियोलोजिष्ट डा. राजन शाक्यले यसअघि आईसियुमा उपचारारत बिरामीलाई मिर्गौलाको डाइलाशिस गराउन अस्पतालको तल्लो तलामा ल्याउनु पर्ने बाध्यता रहदै आएकोमा अब आईसियु कक्षमा यो सेवा सुरु गरेपछि त्यो बाध्यता हटेको बताए।