© २०२३
बुटवल,१३ पुस । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा दुई पार्टीका अध्यक्षसँग छलफल गरेका छन् ।
काठमाडौंको हात्तिवनमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच वार्ता भएको हो । कांग्रेस नेतृत्वको गठबन्धनमा रहेकै बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपाल र उनको पार्टीलाई थाहै नदिई एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि नेपाल रुष्ट भएका छन् । एमालेका पुर्व नेता वामदेव गौतमले समेत हिजो प्रचण्डलाई भेटेर नेकपा एसलाई सरकारमा सहभागी गराउन सुझाव दिएका थिए ।
सहमति भएमा यी दुई दललाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने तयारी प्रचण्डको छ ।