ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

प्रदेश सांसद बादशाह कुर्मीको सपथ रोक्न माग

१२ पुष २०७९, मंगलवार
१२ पुष २०७९, मंगलवार

बुटवल, १२ पुस । वहुचर्चित निर्मला कुर्मी अपहरण तथा हत्याकाण्डका मुख्य अभियुक्त ठहर भएका बाँके क्षेत्र नं. ३ प्रदेशसभा (क) का कांग्रेस सांसद बादशाह कुर्मीको सपथ रोक्न महिला अधिकारकर्मीले माग गरेका छन् ।
बांकेको नेपालगञ्ज–१७ की एकल महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भएकाले उनको सपथ रोक्न महिला अधिकार मञ्च बांकेले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई ज्ञापनपत्र बुझाएको हो ।
सपथ रोक्न माग गरिएको विषय निर्वाचन आयोग,न्याय परिषद सचिवालय,राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई बोधार्थ पठाइएको मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालले बताइन् ।
यसअघि मञ्चले कुर्मीको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
गम्भीर खाले महिला हिंसा र अपराधमा संलग्न व्यक्ति चुनाव लड््न नमिल्नेमा सत्ताको आडमा कुर्मी चुनाव लडेर जितेपनि पीडितलाई न्याय दिन उनको सपथ रोकिनुपर्ने माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाएको अधिकारकर्मी रुबि खानले बताइन् ।
उक्त घटनामा सांसद कुर्मीसहित ८ जनाविरुद्ध २०७७ चैत २० गते जाहेरी परेपछि जिल्ला अदालतले पक्राउ पुर्जीसमेत जारी गरेको थियो । महिलाको संवेदनशिल मुद्दामा सम्बन्धित निकायको लापरवाही र मिलेमतोले मुद्दालाई न्यायालयसम्म नपु¥याउने चलखेल देखिएको भन्दै महिला अधिकार मञ्चले १९ दिन जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको थियो । त्यसपछि पनि सुनुवाइ नभएपछि असोज २०७८ देखि २० दिन पैदल हिँडेर काठमाडौं पुगेर धर्ना दिएको थियो ।
२०७८ कात्तिक २ गते भएको वार्तामा गृहमन्त्रालयले ७ सदस्यीय छानवीन समिति गठन गरेको थियो । उक्त समितिले कुर्मीलाई मुख्य दोषी ठहर गर्दै तत्कालीन गृहमन्त्री बालकृष्ण खांणलाई कात्तिक १४ गते प्रतिवेदन बुझाएको थियो । तर गृह मन्त्रालयले दोषीलाई कारवाही गर्न आलटाल गरेपछि महिला अधिकारकर्मीहरु पुनः आन्दोलित भएका थिए । उक्त घटनाको सीआईबीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?