ट्रेंडिंग:

>> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको भन्दै २४ जनालाई अख्तियारको पत्राचार

१२ पुष २०७९, मंगलवार
१२ पुष २०७९, मंगलवार

दाङ, १२ पुस । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमआरआई र सिटि स्क्यान खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुर्व रजिस्ट्रारदेखि बिभिन्न पदमा रहेका २४ जना कर्मचारीहरुलाई बयानका लागि पत्राचार गरेको छ । प्रतिष्ठानका सर्जन बिभागका एक जना चिकित्सकका अनुसार तत्कालिन प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीको कार्यकालमा सिटि स्क्यान र एमआरआई खरिदमा भ्रष्टाचार भएको भन्दै लिखितरुपमा अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं पत्र काटेको हो । उनका अनुसार प्रतिष्ठानका पुर्ब रजिस्ट्रार रामप्रसाद प्याकुरेल, पुर्ब कायम मुकायम रजिस्ट्रार कैलाशप्रसाद देब, पुर्ब कामु रजिस्ट्रार एवं हालका डेपुटि रजिस्ट्रार झंकार लामिछाने, डिन डा. सागर पन्थीलाई अख्तियारले बयानका लागि पत्र पठाएको छ । उनीहरु सबैजसो मुल्यांकन र खरिद समितिको संयोजकसहित महत्वपुर्ण पदमा रहेका थिए ।
त्यस्तै अख्तियारले झंकारकी श्रीमती तत्कालिन नर्सिङ अधिकृत बिन्दु पौडेल, लेखा अधिकृतहरु राजिब बस्नेत, श्रीराम चौधरी, रेडियोलोजिष्ट डा. बम बिसी, लेखा अधिकृत छाया डिसी, अन्जु शर्मालाई पनि बयानका पत्र काटेको छ । त्यस्तै सिटि स्क्यान र एमआरआईको ठेकेदारसंग मिलेर स्पेसिफिकेसन तयार गर्ने प्रतिष्ठानका बायोमेडिकल इन्जिनीयर शरद भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारीलाई पनि अख्तियारले पत्र काटेको ती चिकित्सकले जानकारी दिए । त्यस्तै डा. शिरिसा पोखरेल, पुर्ब कर्मचारी मेघराज अधिकारी, फिजियोथेरापीष्ट पुजा मण्डल, चार्टर एकाउन्टेड नितुन कुर्मिसहित अन्य कर्मचारीलाई पनि बयानका लागि पत्र काटेको छ । अख्तियार काठमाडौंको पत्रसहित बुटवलको अख्तियारको सम्पर्क कार्यालयमा लिखित बयान दिएका छन् । अख्तियारले बयानका लागि पत्र काटेर बोलाएपछि एक जना पुर्ब लेखा अधिकृतले पुर्ब उपकुलपति भण्डारिको निर्देशनमा स्थानिय केही ब्यबसायीको मिलेमतोमा गलत काम भएको बताउदै अस्ट्रेलिया रहेका चार्टर एकाउन्टेडको डकुमेन्ट प्रयोग गरेर प्रतिष्ठानका पदाधिकारिको मिलेमतोमा काम भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?