© २०२३
बुटवल,१० पुस । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री पहिले को बन्ने र अन्य पद बांडफाटमा कुरा नमिलेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । प्रचण्डले आफु एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जान लागेको जानकारी गराएर बैठकबाट बाहिरिएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए । पौडेलका अनुसार कांग्रेस संग माओवादीको गठबन्धन टुटेको छ ।
‘प्रचण्डले अब गठबन्धन टुट्यो हामी छलफलमा बस्दैनौँ भनेर बाहिरिएको पत्रकारलाई जानकारी गराएका छन् ।
प्रचण्ड केहीबेरमा बालकोट पुग्ने स्रोतले जनाएको छ ।