© २०२३
बुटवल,५ पुस । नेपाली कांग्रेसको आगामी १५ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवारमा नेता डा. शेखर कोइरालाईलाई समर्थन गर्ने महामन्त्री गगन थापा सहमत भएका छन् । पार्टी संसदीय दलको नेतामा प्रधानमन्त्री एवं सभापति देउवाविरुद्ध उम्मेदवारीका लागि शेखर पक्षको साथ पाउन गगनले आगामी महाधिवेशनमा शेखरलाई समर्थन गर्न सहमत भएका हुन् ।
अहिले गगनलाई संसदीय दलको नेतामा शेखर पक्षले साथ दिने र आगामी १५औं महाधिवेशनमा सभापतिका लागि गगनले कोइरालालाई समर्थन गर्ने सहमति भएको कांग्रेस सांसद सुनिल शर्माले जानकारी दिए । दुई समुहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र देउवा पक्षकै केही सांसद गरी ३८ सांसद सहभागी भएको शर्माले बताए । कांग्रेस संसदीय दलको नेतामा वहुमत पुग्न ४५ सांसदको समर्थन आवश्यक हुन्छ ।