ट्रेंडिंग:

>> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित

रुपन्देहीमा गुरुङ समुदायले साताव्यापी ल्होसार मनाउंदै

५ पुष २०७९, मंगलवार
५ पुष २०७९, मंगलवार

बुटवल, ५ पुस । रुपन्देहीका गुरुङ समुदायले आफ्नो मुख्य पर्व ल्होसार साताव्यापी कार्यक्रमसहित मनाउंदै छन् । हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग (वर्ष) फेरिने भएकाले ल्होसारलाई उनीहरूले नयाँ वर्ष र जातीय पर्वका रुपमा मनाउँछन् ।
रुपन्देहीमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदले पुस ११देखि १५सम्म विभिन्न रचनात्मक र सामाजिक काम गरेर ल्होसार मनाउन लागेको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
पुस ११ गते रुपन्देहीका ६ वटा नगर तथा ३१ वटा इकाईमा सरसफाई, पुस १२ गते रक्तदान,१३ गते बुटवलको देविनगरमा अपांग आश्रममा दान, १४ गते बुटवलमै वृहत झांकीसहित नृत्य प्रतियोगिता र १५ गते बुटवलमै वृहत समारोह गरी ल्होसार मनाउने कार्यक्रम तय भएको गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीकी अध्यक्ष विमला तमुले जानकारी गराइन् ।
पुस १५ देखि गुरुङहरुको नयां वर्ष २६०६ शुरु हुने भन्दै उनले यो वर्ष बाघ वर्गको विदाई गरी बिरालो वर्गको स्वागत गर्दै ल्होसार मनाइने जानकारी दिइन् । ल्होसार गुरुङ समुदायको सांस्कृतिक पर्व भएको र यसले समुदायलाई एकतावद्ध बनाउने उनको भनाई छ ।
पत्रकार सम्मेलनमा गुरुङ अगुवाहरु झमबहादुर गुरुङ,बालनरसिंह गुरुङ,ओमप्रकाश गुरुङले नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भएपनि व्यवहारमा आदिवासी जनजाति र गैर हिन्दु समुदायका चाड पर्वलाई सरकारले समान व्यवहार गर्न चुकेको धारणा राखे । रुपन्देहीमा करिब ५० हजार र देशभर ८ लाख गुरुङ समुदाय रहेको अनुमान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?