ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

मेयर पाण्डेको काठमाडौंमा दौडधुप : सडक र विद्युतका काम छिटो गर्न आग्रह

४ पुष २०७९, सोमबार
४ पुष २०७९, सोमबार

बुटवल, ४ पुस । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय काठमाडौंमा गएर विभिन्न निकायसंग भेटघाट गरी सडक र विद्युत सम्बन्धी काम छिटो गर्न आग्रह गरेका छन् ।
नगरप्रमुख पाण्डेयले नगरभित्र बस्तीमाथि रहेको विद्युत हाइटेन्सन तार व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गरेका छन् ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग काठमाडौंस्थित प्राधिकरणको कार्यालयमा भेटघाट गर्दै प्रमुख पाण्डेयले बस्तीमाथि रहेको हाइटेन्सन तारले बस्ती जोखिममा रहेको भन्दै बस्तीबाहिर सार्न आग्रह गरे ।

‘लामो समयदेखि बुटवलको बस्तीमाथिको हाइटेन्सन तारले बस्तीलाई जोखिममा पारेको छ, कतिपय स्थानमा दुर्घटना हुने गरेका छन्, प्रमुख पाण्डेयले घिसिङको ध्यानाकर्षण गराउँदै भने–बस्तीमाथिको तार बस्तीबाहिर सार्नका लागि प्राधिकरणले योजना ल्याओस्, हामी सहयोग गर्न तयार छौं ।’
नगरप्रमुख पाण्डेयले बुटवलमा शहरीकरण बढ्दै गएकोले खुला विद्युत तारहरुका कारण जोखिम बढेको बताउँदै भूमिगत गर्नका लागि योजना अघि सार्न पनि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको ध्यानाकर्षण गराएका हुन् ।

‘बुटवलको बढ्दो शहरीकरणलाई ध्यानमा राखेर प्राधिकरणले भूमिगत रुपमा विद्युत वितरण गर्ने र व्यवस्थित गर्नेतर्फ पनि योजना अघि बढाउनुपर्छ, उहाँले भन्नुभयो–जुनसुकै योजना ल्याउँदा बुटवललाई प्राथमिकतामा राख्न मेरो अनुरोध छ ।’
नगरप्रमुख पाण्डेयले बुटवलमा उच्च क्षमताका सडक बत्ती राख्न बुटवल उपमहानगरपालिकाले तयारी गरेकाले सहयोग गर्नका लागि प्राधिरणका प्रबन्ध निर्देशक घिसिङलाई आग्रह गरे ।
भेटका क्रममा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बस्तीमाथिको हाइटेन्सन तार हटाउनका लागि प्राधिकरणले योजना अगाडि बढाउने प्रतिबद्धता जनाए ।
उनले पाल्पामा सब स्टेशन निर्माण भएपछि बुटवलमा तार व्यवस्थापन र भूमिगत तारको लागि काम अघि बढाउनका लागि योजना ल्याउने विश्वास दिलाएका थिए ।

प्रमुख पाण्डेयले  सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग विभागको काठमाडौंस्थित कार्यालयमै भेटेर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीबारे ध्यानाकर्षण गराए ।
पटक पटक सहजीकरण र समन्वय गर्दापनि सडक निर्माणमा तीब्रता नदेखिएकाले बुटवलबासीको तर्फबाट सडक विभागसामु खेद व्यक्त गरेका थिए ।

यस्तै प्रमुख पाण्डेयले योगीकुटीदेखि चिडियाखोलासम्म आठ वटा स्थानमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाईट राख्नुपर्ने भएकाले त्यसमा सहयोग र सहजीकरण गर्न विभागका महानिर्देशक थापालाई आग्रह गरे ।
उनले सडक निर्माणसँग सडकको सौन्दर्यीकरणका बारेमा समेत चासो दिनका लागि थापालाई सुझाव दिए ।
भेटघाटका क्रममा महानिर्देशक थापाले सडक निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न विभाग प्रतिबद्ध रहेको बताए । उनले निर्माण कम्पनीलाई छिटो काम सक्न ताकेता गरिरहेको बताउँदै छिटै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे

बुटवल उपमहानगरप्रमुख पाण्डेयले ललितपूर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग भेट गरी विकास निर्माणका कामबारे जानकारी लिएका छन् ।
पाण्डेयले ललितपूर महानगरपालिकाले गरेका राम्रा अभ्यासहरु बुटवलका लागि उपयोगी हुने भन्दै आपसी सहकार्यमा काम गर्न इच्छुक रहेको बताए ।
उनले ललितपूरबाट सिकेर बुटवलले विकासमा फड्को मार्न सक्ने भन्दै ललितपूर महानगरप्रमुख महर्जनलाई बुटवल भ्रमणको निम्तो दिए ।
भेटका क्रममा ललितपूर नगरप्रमुख महर्जनले आफु बुटवल आउन इच्छुक रहेको र बुटवलका राम्रा अभ्यासबाट ललितपूरले सिक्ने बताए । उनले ललितपूर र बुटवलका बीचमा सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताएको नगर प्रमुख पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?