© २०२३
बुटवल,३ पुस । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले अहिले एमालेको प्राथमिकता सरकार नभएको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा गुल्मी २ बाट नवनिर्वाचित सांसद विष्टले मंसिर ४ को चुनावकको नतिजाले एमालेलाई प्रतिपक्षको भूमिका दिएको स्ष्ट पारे । आउंदो ५ वर्ष एमाले सशक्त प्रतिपक्षको भूमिका खेल्ने विष्टले बताए ।
तर अरु दलले सरकार बनाउन नसकेर वाध्यात्मक परिस्थिति आएमा संसदीय मुल्य मान्यता अनुसार नेतृत्वका लागि पहल गर्न पछि नहट्ने पनि स्पष्ट पारे ।
तर अरु दलले सरकार बनाउन नसकेर वाध्यात्मक अवस्था आएमा एमाले जिम्मेवारीबाट पन्छिन नसक्ने पनि विष्टले स्पष्ट पारे । ‘हामीलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट हो। त्यसैले सत्तामा बस्नका लागि अवान्छित गतिबिधि गर्ने पक्षमा छैनौ,सरकार निर्माणका लागि एमालेलाई हतारो छैन तर वाध्यात्मक परिस्थिति आयो भने लोकतान्त्रिक मुल्य मान्यता अनुसार नेतृत्व लिन पहल पनि गर्छौं’–विष्टले भने ।
यो निर्वाचनले बाम आन्दोलन, राष्ट्र र जनताको हितको लागि महत्वपुर्ण सन्देश दिएको उनले बताए । एमालेलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भएपनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रुपमा अनुमोदन गरेको भन्दै मतदातालाई धन्यवाद दिए ।
बाम पार्टीको नामबाट राष्ट्रिय स्वाधिनताको हित बिपरीत लाग्ने तथा दक्षिणपन्थी संग गठबन्धन गर्नेहरुसंग गठबन्धन गरेर सरकार बनाउन आफुहरु नलाग्ने बताए।
चुनावबाट कसैको वहुमत नआएकाले आउदो ५ वर्ष मुलुकमा अस्थिरता भइरहने र अर्थतन्त्र संकटमा पर्नसक्ने भन्दै एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने बताए ।