ट्रेंडिंग:

>> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी >> रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी >> होटल पौवा र एति एअरबीच सम्झौता >> १५औँ कपिलवस्तु महोत्सवको तयारी पुरा >> किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा बिस्तार >> बन्द बाकसमा नेपालीको शव कहिलेसम्म ? >> रवि लामिछानेलाई पठाइयो पोखरा >> दीगोपन हुने परियोजनामा काम गरौं — नगरप्रमुख पाण्डेय >> प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने >> जनतालाई गुमराहमा नराखियोस् >> जहाँ भयो ‘निजी क्याम्पस मर्ज’ >> सिमेन्ट उद्योग नै वन अतिक्रमणमाः सरकार नै नदेखे झैं गर्छ >> घरघरमा खानेपानी पुगेपछि स्थानीय खुसी >> ‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’ >> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा

पर्यटकीय गन्तव्य नुवाकोट

२ पुष २०७९, शनिबार
२ पुष २०७९, शनिबार

बुटवल, २ पुस ।

शनिबार बिहानै नुवाकोट हाईकिङ चढ्न हिडेकी बुटवलका सरगम मल्ल निक्कै हर्षित भेटिईन् । छोटो दुरी तर ठाडो उकालो भएको नुवाकोटगढी उनी साथीहरुसँग थिईन् । बाटामा पिउने पानीका बोत्तल, चकलेट बोकेकी उनी रमाउँदै हिडिन् ।

सुरुवातमा हौसिएका उनीहरु उकालो चढ्न थालेपछि भने आत्तिए । आधा घण्टा हिडेर थकान मेट्दै पानी पिउन थाले । करिब डेढ घण्टाको हिडाईपछि उनीहरु गन्तव्यमा पुगे । ‘नुवाकोटको बारेमा किताबमा पढेको आज प्रत्यक्ष हेर्न पाईयो’– उनले भनिन् । नेपाल र अंग्रेज फौजबीचको लडाई र सेन राजाले बनाएका पूर्वाधारका भग्नावशेषहरु देख्न पाउँदा खुशी लागेको उनले बताईन् ।

‘बाटामा हिंड्दा लागेको थकाई नै मेटियो’– उनले भनिन । उनीसँंगै यात्रामा रहेका बिमल थापा सुरुमा हौसिए । पुसको पहिलो हप्ता बाक्लो कपडा लगाएर उनी हिंडेका थिए । उकाली चढ्दै जाँदा शरिर तातीन लागेपछि बाहिरी कपडा फयाँक्न लागे । बाटामा विश्राम गर्दै करिब डेढ घण्टामा उनी भैरव मन्दिर दर्शनमा पुगे । मन्दिर परिसरमा पुजारीबाट आशिषसहित टिका ग्रहण गर्दा आनन्द मिलेको बताए । मन्दिरको अगाडि स्थापना गरिएको विशाल त्रिशुलले थप सौन्दर्य थपेको उनी बताउँछन् ।

मन्दिर परिसरमा फोटो खिचाउने, रमाउने र खाना खाएर केही बेर उनीहरु त्यही सुस्ताए । बुटवलदेखि केवल साढे ३ किलोमिटरको दुरीमा छ नुवाकोट थुम्को । यो डाँडामा सानो भैरवको मन्दिर, नुवाकोट गढी, भ्यु टावर लगायत ऐतिहासिक र धार्मिक महत्व बोकेको पूर्वाधारहरु छन । साथै तीन तहकै सरकारबाट पूर्वाधार निर्माणका योजनाहरु अघि बढाएको छ । निजी क्षेत्रबाट समेत धेरै कामहरु भएका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं ४ का भूमिराज पौडेलले नियमित जसो नुवाकोट चढ्ने गर्छन । साथिहरुसंग नुवाकोटमा हिड्दा स्वस्थका दृष्टिबाट फाईदा मिलेको उनी बताउँछन् । बुटवल बजारको कोलाहलबाट थोरै समय भएपनि भुलाउन नुवाकोट उपयुक्त गन्तव्य भएको उनी बताउँछन् । परापुर्वकालमा नुन, घ्यु र कपडाको व्यापार गर्न बटौली बजार गर्न आउने यो गोरेटो बाटोलाई संरक्षण गर्न जरुरी रहेको उनी बताउँछन् । थोरै सिढी नेपाल आर्मीको श्रमदानमा निर्माण भएको भएपनि धेरै बनाउन बाँकी रहेको छ ।

पूर्वाधार विकासमा जोड दिनुपर्ने उनको सुझाव छ । ऐतिहासिक भैरव मन्दिरको उनी आफै दुई पटक रंगरोगनमा सहयोग गरेका छन् । उनीसँंगै पदयात्रामा नियमित हिंड्ने कपिल ज्ञवाली, दामोदर सापकोटा नुवाकोटलाई पर्यटन विकासमा टेवा दिने स्थल भएको बताउँछन् । शहरी बिलासिताको जिवन रमाउनेहरुलाई यो पैदल यात्रा निक्कै लाभदायक हुने उनको तर्क छ ।

नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल सरकारी र निजी क्षेत्रको लगानीमा पूर्वाधार विकाससंँगै स्थानीयको आर्थिकस्तर सुधार हुने गरी योजनाहरु बनिरहेको दाबी गर्छन् । चार सय क्षमताको सास्कृतिक डबली प्रवेशद्वार, सिढिहरु निर्माण भएका छन् । संघीय सरकारबाट बाटो निर्माणका लागि बजेट बिनियोजन भएको उनले बताए ।

लुम्बिनी आउने आन्तरिक र बाह्य पर्यटकलाई भुलाउन सकिने हाईकिङको राम्रो सम्भावना नुवाकोटलाई बनाउन सकिने नाटा लुम्बिनीका अध्यक्ष रचना पन्त बताउँछिन् । स्वस्थ्य र पर्यावरण जोगाउने रुपमा हाईकिङ धेरै उपयोगी हुने उनी बताउँछिन् । लुम्बिनी प्रदेश प्राकृतिक पर्यटकीय सम्पदाले भरिएको स्थल भएको भन्दै यसलाई सही रुपमा भजाउन सकिने सम्भावना रहेको उनी बताँउछन् । सरकार र निजी क्षेत्रको सहकार्यमा पर्यटीकय क्षेत्रहरुको विकाससँंगै प्रचारमा आफुहरु लागेको उनले बताईन् । लुम्बिनी प्रदेशकै पर्यटकीय क्षेत्रहरुको पहिचान गर्ने, प्रवद्र्धन गर्ने र प्रचारप्रसार गर्ने उनले बताइन् ।

गाउँका जातिगत, भाषा, भेषभुषा र संंस्कृतिलाई चिनाउने गरी योजनाहरु तयार गरेको तिनाउ गाउँपालिका वडा नं २ का वडाअध्यक्ष यादव प्रसाद अर्यालले बताए । गाउँघरको मगर, कुमाल जाती र समुदायका संस्कृतिलाई जगेर्ना हुने गरी आवधिक पाँचवर्षे योजना बनाईरहेको बताए । सांस्कृतिक डबलीमा कल्चरल कार्यक्रमहरु गर्ने र पर्यटकहरुलाई मनोरञ्जन दिने गरी तयारी गरिरहेको उनले बताए । लोप हुन लागेको संस्कृति जगेर्ना र अर्कोतर्फ आयस्तरमा टेवा दिने रुपमा यो उपयोगी हुने उनले बताए । आम्दानीको श्रोतका रुपमा उपयोगी हुने वातावरण सृजना गरिने उनले बताए ।

नाटा लुम्बिनीको आयोजनामा हाफ डे हाईकिङ कार्यक्रम गरिएको हो । कार्यक्रमको पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शुभारम्भ गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?